logo

विश्व स्वास्थ्य सङ्गठनद्वारा दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरूलाई कोभिड–१९ सहित नियमित खोप बिस्तार गर्न अपिल

 इसीमाना सम्वाददाता     २०७८ भदौ २३ गते ०७: २१ मा प्रकाशित     1535   पटक पढिएको

विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ०ले आज दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरूलाई हाल जारी कोभिड–१९ को खोप कार्यक्रमको तीव्र विस्तारका साथै नियमित खोप कार्यक्रमहरूको परिमाण विस्तार गर्न अपील गरेको छ ।

क्षेत्रीय समितिको ७४ औं बैठकमा क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले महामारीको कारणले गर्दा खोपद्वारा रोकथाम गर्न सकिने रोगहरू सम्बन्धित खोप सेवाहरू तथा निगरानी प्रक्रिया अवरुद्ध भएको हुनाले रोगहरूको जोखिम बढिरहेको बताए  । 

महामारीको प्रारम्भसम्ममा भएको उल्लेखनीय प्रगतिको स्मरण गराउँदै क्षेत्रीय निर्देशक खेत्रपालले डिटिपि ३ खोपको कभरेज ९१५ पुर्याइसकेको हुनाले यो क्षेत्र खोपद्वारा रोकथाम गर्न सकिने रोगको हकमा उक्त समयसम्मकै उत्कृष्ट अवस्थामा पुगिसकेको बताएए । ११ मध्ये १० देशहरूले डिटिपि ३ खोपको कभरेज ९०५ भन्दा बढी हासिल गरेका छन् । 

महामारीको दौरानअत्यावश्यक सेवाहरू पुनःसुचारु गर्दा नियमित खोप कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको भएपनि  यस क्षेत्रको डिटिपि कभरेज ८५५ मा झरेको छ । सन् २०१९ मा खोपनै नलगाएका वा पूर्ण रूपमा खोप नलगाएका बालबालिकाको सङ्ख्या ३० लाख रहेकोमा हाल सो सङ्ख्या बढेर ४९ लाख पुगेको छ । खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूको निगरानी प्रक्रिया पनि प्रभावित भएको छ ।

कोभिड–१९ महामारीले यस क्षेत्रको प्रमुख प्राथमिकताको रूपमा रहेको दादुरा तथा रुबेला उन्मूलनका रणनीतिहरूको कार्यान्वयनमा पनि असर पारेको छ । दादुरा विरुद्धको खोपको पहिलो मात्राको अनुमानित कभरेज यस क्षेत्रमा सन् २०१९ मा ९४५ रहेकोमा सन् २०२० मा घटेर ८८५ पुगेको छ । 

त्यसैगरी, दादुरा विरुद्धको खोपको दोस्रो मात्राको कभरेज पनि सन् २०१९ मा ८३५ रहेकोमा सन् २०२० मा घटेर ७८५ पुगेको छ । कोभिड–१९ महामारीको परिणामस्वरूप विभिन्न देशहरूमा निगरानी प्रक्रिया पनि अवरुद्ध हुनुका साथै बृहत् खोप अभियान तथा अन्य खोप सम्बन्धित क्रियाकलापहरूको कार्यान्वयन पनि प्रभावित भएको छ ।

दक्षिण पूर्वी एसियामा देशहरूले कोभिड–१९ विरुद्धको खोप विस्तार गर्न अभूतपूर्व प्रयासहरू गरिरहेको र  हालसम्म यस क्षेत्रमा ९१ करोड ५० लाख मात्रा खोप लगाइसकिएको छ  । क्षेत्रीय समिति बैठक विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी क्षेत्रको नेतृत्व गर्ने निकायको वार्षिक बैठक हो । यसपालीको आयोजक राष्ट्र नेपाल रहेको यो बैठक महामारीको कारण गत वर्षदेखि भर्चुअल्ली गर्दै आएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.