logo

विश्व स्वास्थ्य सङ्गठनद्वारा दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरूलाई कोभिड–१९ सहित नियमित खोप बिस्तार गर्न अपिल

 इसीमाना सम्वाददाता     २०७८ भदौ २३ गते ०७: २१ मा प्रकाशित     1404   पटक पढिएको

विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ०ले आज दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरूलाई हाल जारी कोभिड–१९ को खोप कार्यक्रमको तीव्र विस्तारका साथै नियमित खोप कार्यक्रमहरूको परिमाण विस्तार गर्न अपील गरेको छ ।

क्षेत्रीय समितिको ७४ औं बैठकमा क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले महामारीको कारणले गर्दा खोपद्वारा रोकथाम गर्न सकिने रोगहरू सम्बन्धित खोप सेवाहरू तथा निगरानी प्रक्रिया अवरुद्ध भएको हुनाले रोगहरूको जोखिम बढिरहेको बताए  । 

महामारीको प्रारम्भसम्ममा भएको उल्लेखनीय प्रगतिको स्मरण गराउँदै क्षेत्रीय निर्देशक खेत्रपालले डिटिपि ३ खोपको कभरेज ९१५ पुर्याइसकेको हुनाले यो क्षेत्र खोपद्वारा रोकथाम गर्न सकिने रोगको हकमा उक्त समयसम्मकै उत्कृष्ट अवस्थामा पुगिसकेको बताएए । ११ मध्ये १० देशहरूले डिटिपि ३ खोपको कभरेज ९०५ भन्दा बढी हासिल गरेका छन् । 

महामारीको दौरानअत्यावश्यक सेवाहरू पुनःसुचारु गर्दा नियमित खोप कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको भएपनि  यस क्षेत्रको डिटिपि कभरेज ८५५ मा झरेको छ । सन् २०१९ मा खोपनै नलगाएका वा पूर्ण रूपमा खोप नलगाएका बालबालिकाको सङ्ख्या ३० लाख रहेकोमा हाल सो सङ्ख्या बढेर ४९ लाख पुगेको छ । खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूको निगरानी प्रक्रिया पनि प्रभावित भएको छ ।

कोभिड–१९ महामारीले यस क्षेत्रको प्रमुख प्राथमिकताको रूपमा रहेको दादुरा तथा रुबेला उन्मूलनका रणनीतिहरूको कार्यान्वयनमा पनि असर पारेको छ । दादुरा विरुद्धको खोपको पहिलो मात्राको अनुमानित कभरेज यस क्षेत्रमा सन् २०१९ मा ९४५ रहेकोमा सन् २०२० मा घटेर ८८५ पुगेको छ । 

त्यसैगरी, दादुरा विरुद्धको खोपको दोस्रो मात्राको कभरेज पनि सन् २०१९ मा ८३५ रहेकोमा सन् २०२० मा घटेर ७८५ पुगेको छ । कोभिड–१९ महामारीको परिणामस्वरूप विभिन्न देशहरूमा निगरानी प्रक्रिया पनि अवरुद्ध हुनुका साथै बृहत् खोप अभियान तथा अन्य खोप सम्बन्धित क्रियाकलापहरूको कार्यान्वयन पनि प्रभावित भएको छ ।

दक्षिण पूर्वी एसियामा देशहरूले कोभिड–१९ विरुद्धको खोप विस्तार गर्न अभूतपूर्व प्रयासहरू गरिरहेको र  हालसम्म यस क्षेत्रमा ९१ करोड ५० लाख मात्रा खोप लगाइसकिएको छ  । क्षेत्रीय समिति बैठक विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी क्षेत्रको नेतृत्व गर्ने निकायको वार्षिक बैठक हो । यसपालीको आयोजक राष्ट्र नेपाल रहेको यो बैठक महामारीको कारण गत वर्षदेखि भर्चुअल्ली गर्दै आएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.