logo

पिपीई सहित ९६ प्रकारका औषीध खरिद गर्ने टुंगो ,मंत्रीपरिषदको निर्णयपछि समान ल्याइने

      4/15/2020 गते 00 00 मा प्रकाशित     1279   पटक पढिएको

बीरगंज ३ बैशाख । 
स्वास्थ्य सामग्री खरिदकालागि  (गठित कोभिड१९) व्यवस्थापन समितिले खरिद गर्ने औषधीको चेकलिष्टलाई अन्तिम टुंगो लगाएको छ । यसमा पिपीई सहित ९६ प्रकारका औषधीहरु रहेका छन । 

मुख्यसचिव लोकदर्शन रेग्मी,रक्षासचिव,परराष्ट्र मन्त्रालयका सचिव,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलगायत रहेको समितिले पुनः चीनबाटै स्वास्थ्य सामग्री ल्याउने प्रक्रिया टुंग्याएको हो। सकितिले तयार पारेको सूची मंत्रीपरिषदको बैठकले अनुमोदन  गरेपछि खरिद प्रक्रियाको बाटो खुल्छ । नेपाल सरकारले चीनीय सरकारसंग सामान खरिदको निर्णग गरेको थियो । अहिले चीनीया एक सरकारी कम्पनीको समेत टुंगो लागेको स्रोतको दावी छ । नेपाललाई आवश्यक समाग्रीहरुको सूचीका बारेमा नेपाल सरकार र चीनीया कम्पनीवीच पटक पटक छलफल भएको बताइएको छ । 

सेनाले मन्त्रिपरिषदको निर्णयपछि आवश्यक कदम अगाडि योजना बनाएको छ। सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार मन्त्रिपरिषदले निर्णय लिएपछि चिनियाँ कम्पनीसँग सामान ल्याउनका लागि अन्तिम कुराकानी हुने छ।

सो कम्पनीले ग्वान्झाओस्थित अन्तर्राष्ट्रिय विमानस्थलसम्म सामग्री पठाउने भनिसकेको छ। समितिमा रहेका वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीले सामग्रीको गुणस्तर र दररेट टुंग्याएका थिए।

यसपटक आयात गरिने स्वास्थ्य सामग्री सकेसम्म विवादरहित बनाउने सरकारको योजना छ। स्वास्थ्य सामग्री सकेसम्म सस्तो,गुणस्तरीयतथा विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त रहने सेनाको प्रतिबद्धता छ।


यसअघि स्वास्थ्य मन्त्रालयले पिपिइलगायत १८ प्रकारका स्वास्थ्य सामग्री निजी कम्पनीमार्फत नेपाल ल्याउँदा अस्वाभाविक दररेट तोकिएपछि खरिद नै विवादमा आएको थियो।

स्वास्थ्य मन्त्रालयको खरिद प्रक्रिया विवादमा आएपछि मन्त्रिपरिषद बैठकले सरकार९सरकार जिटुजी०अन्तर्गत बाँकी मेडिकल सामग्री खरिद गर्ने र सोको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.