logo

कोरोना भाइरसको संक्रमण परिक्षण गर्ने पिसीआर मेशिन बीरगंजमा, परिक्षणकालागि केही दिन लाग्ने

      4/16/2020 गते 00 00 मा प्रकाशित     1674   पटक पढिएको

बीरगंज ४ बैशाख । 
कोरोना भाइरसको संक्रमण परिक्षण गर्ने पिसीआर (पोलीमरेसा चैन रिएक्सन )मेशिन बीरगंजमा ल्याइएको छ । बीरगंजमा स्थापना गर्न खोजिएको प्रयोगशाला मोलेकुलर प्रयोगशाला हो ।

 

यसमा चाहिने अन्य उपकरणहरुको अभाव रहेको छ । सामानहरु उपलब्ध भएर प्रयोगशाला संचालनमा ल्याउन केही दिन लाग्ने नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन कुमार उपाध्यायले जानकारी दिनु भयो । यो प्रयोगशालाको स्थापना पछि पिसीआर टेष्ट संख्या निकै बढ्छ । २ घण्टामा २० जनाको थ्रोट स्वाब परिक्षण हुन सक्ने बताइएको छ । 

बीरगंजमा कोरोना भाइरसको परिक्षणकोलागि प्रदेश सकारले मंत्रीपरिषद बाट निर्णय गरेर नारायणी अस्पतालमा पसीआर मेशीन जडान गर्ने निर्णय गरेको थियो । प्रदेश सकारको पहलमा संघीय सरकारले मेशिन उपलब्ध गराएको हो ।

 

बीरगंजमा ल्याइएको मेशिन राष्ट्रिप जनस्वास्थ्य प्रयोगशालाले टेकुले पठाएको हो । यस अघि त्रिभूवन बिश्वबिद्यालयमा रहेको प्रयोगशाला रहेको मेशिन बीरगंजलाई उपलब्ध गराउने तयारी थियो । त्रिभूवन बिश्व बिद्यालयले उपलब्ध गराउन अर्समथता जनाएको हुनाले बीरगंजमा मेशिन आउन ढिलो भएको स्रोतको भनाई छ । 

मेशिन त आयो तर त्यसमा चाहिने अन्य समानहरु  सामाग्री जुटाउन पहल भइरहेको नारायणी अस्पतातालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिनु भयो  ।

 

उहाँले मलेकुलर ल्याब अति संवेदनशील ल्याब हो, सञ्चालनमा ल्याउन चाहिने अन्य औजार उपकरणको व्यवस्थापन भइनसकेको बताउनु भयो । मेशिन संग प्रयोगशाला स्थापनाकालागि दक्ष जनशक्ति पनि बीरगंजमा आएको छ । 

ल्याब सञ्चालनमा ल्याउन बायोसेफ्टी क्याबिनेट, लेमिनर एयर फ्लो, डिफ्रिज, पीसीआर हुड, कोल्ड सेन्टिफ्रिजलगायत औजार उपकरण आवश्यक पर्ने डा. उपाध्यायले बताउनु भयो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.