logo

भारतले दियो ३० हजार  ब्यक्तिलाई परिक्षण गर्न सकिने पिसीआर टेस्ट किट

      5/17/2020 गते 00 00 मा प्रकाशित     1817   पटक पढिएको



बीरगंज ४ जेठ ।

 भारत सरकारले ३० हजार व्यक्तिको जाँच गर्ने क्षमता भएको पीसीआर टेस्ट किट नेपाल सरकारलाई उपहार दिएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पीसीआर टेस्ट किट आज हस्तान्तरण गर्नु भएको हो ।

 

दूतावासका अनुसार ती किटहरु माई ल्याबले उत्पादन गरेका हुन् । प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट किटहरु राजदूत क्वात्राले हस्तान्तरण गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

‘भारतीय जनताको तर्फबाट नेपाली जनताका लागि उपहार स्वरुप प्रदान गरिएको टेस्ट किटहरुको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले तीस हजार व्यक्तिको पीसीआर टेस्ट गर्न सक्नेछन्,’ दूतावासको विज्ञप्तिमा लेखिएको छ ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

न्यायधीशद्वयलाई महाअभियोग लगाउन एमालेका साँसद साहको माँग ,अदालतको निर्भिकताको प्रतिकुल टिप्पणी नगर्न बारको आग्रह

वीरगंज । नेकपा एमालेका साँसद एवं महिला तथा सामाजिक मामिला समितिक अध्यक्ष किरण साहले उचच अदालत जनकपुर अस्थायी इजलाश बीरुगंजका न्यायधीशद्वय खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग लगाइनु पर्ने बिचार ब्यक्त गरेका छन ।

मधेश सरकारको देखीने काम,तीन सय बीस किमी कालोपत्रे सडकको प्रम ओलीले शिलान्यास गर्ने

जनकपुरधाम । मधेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको तयारी पूरा भएको छ।

खेलकुद

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.