logo

चार महिनाकी बालिकादेखि ८१ वर्षीया वृद्धसम्मले पनि सहजै कोरोनालाई जितेर घर फर्किए

      5/27/2020 गते 00 00 मा प्रकाशित     1441   पटक पढिएको


नेपालमा  चार महिनाकी बालिकादेखि ८१ वर्षीया वृद्धसम्मले पनि सहजै कोरोनालाई जितेर घर फर्किएका छन् ।

 

वीरगन्जकी चार महिनाकी शिशु हुन् वा काठमाडौंकी ८१ वर्षीया वृद्धा दुवैले सिटामोल समेत नलिई कोरोनालाई जितेर घर फर्किए ।८१ वर्षिय आमा  १५ दिन बस्नुभयो त्यो अवधीमा कुनै दिन एक ट्याबलेट सिटामोल पनि उहाँले लिनु परेन ।

 

 ८१ वर्षको उमेरमा पनि कुनै रोग नभएकी ती आमामा इम्युनिटी हाई भएका कारण सहज रुपमा कोरोनालाई जितेको चिकित्सकको भनाई छ ।

 

त्यसो त आमाको काखमा खेल्दै गरेकी वीरगन्जकी ४ महिनाकी शिशुले पनि कोभिड—१९ लाई सहज जितेर आमासँगै घर फर्किन् । आमासँगै अस्पताल आउदा जुन अवस्थामा थिइन्, फर्कदा पनि सोही अवस्थामा फर्किएको नारायणी अस्पतालका चिकित्सक डा. उदय सिंह बताउँछन् ।

 

‘चार महिनाको बच्चालाई पनि संक्रमण हुँदा हामी धेरै डराएका थियौ,’ उनले भने, ‘तर, एक दिन सिटामोल पनि खुवाउनु परेन ।’ उनी मात्र नभएर उनकी आमा (चार महिनाकी सुत्केरी)लाई पनि कुनै समस्या नभई घर फर्किइन् । चार महिनाकी शिशु १४ दिन अस्पतालको आइसोलेसनमा बसेपछि संक्रमण मुक्त भएर घर फर्किएकी थिइन् ।

 

अझ रमाइलो कुरा त के भने नेपालगञ्जमा २ महिनाकी सुत्केरीलाई पनि कोभिड—१९ संक्रमण भएको थियो । उनी सँगै ती २ महिनाकी शिशुलाई पनि क्वारेन्टाइनमा राखिएको थियो । आमासँगको प्रत्यक्ष सम्पर्क हुँदा पनि ती शिशुलाई कोरोना संक्रमण देखिएन ।

 

‘२ महिनाकी सुत्केरी महिलालाई कोभिड—१९ पुष्टि भएको थियो, ।  दुई महिनाकी शिशुलाई न त सुरुमा देखियो, न त डिस्चार्ज हुने समयमा नै ।

 

’ विश्व स्वास्थ्य संगठनले उच्च जोखिम समूहमा वृद्धवृद्धालाई राखेको छ । तर, नेपालमा देखिएका अघिकांश संक्रमित लक्षणबिहिन छन् । अहिलेसम्म कोरोना पुष्टी भएका ६० वर्षमाथिका १ जना व्यक्तिको मात्र मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाकाअनुसार अहिले आइसोलेसनमा रहेका कुनै पनि संक्रमितको अवस्था गम्भीर छैन ।

 

नेपालका संक्रमितको अवस्था हेर्दा उमेरले भन्दा पनि व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा संक्रमणको गाम्भीर्यता देखाएको चिकित्सकको टिप्पणी छ ।

 

पालमा एज फ्याक्टरमा असर गरेको देखिएन  ।   नेपालमा हालसम्म १० वर्षमुनिका २६ जनामा कोभिड—१९ पुष्टि भएको छ । त्यसैगरी ११ देखि २० वर्षका १ सय ८१ जना, २१ देखि ३० वर्षका ३ सय १९, ३१ देखि ४० वर्षका २ सय २२, ४१ देखि ५० वर्षका ८९ जना, ५१ देखि ६० वर्षका ७० जनामा कोरोना देखिएको छ । यस्तै, ६१ देखि ७० वर्षका १४ जना, ७१ देखि ८० वर्षका ४ जना र ८० वर्ष माथिका १ जनामा संक्रमण पुष्टि भएको छ ।

 

६० वर्षदेखि माथिका १९ जनामा कोभिड—१९ देखिएकोमा मृत्युपछि कोभिड—१९ पुष्टी भएका ७५ वर्षीय १ जनाबाहेक उनीहरु सबै सामान्य अवस्थामा नै छन् । त्यसो त २० वर्ष मुनिका पनि सामान्य अवस्थामा नै छन् ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.