logo

प्रदेश जनस्वास्थ्य प्रयोगशालाद्वारा ठोरीलाई सत्तरी लाखको सामाग्री प्रदान

 इसीमाना सम्बाददाता      २०७९ माघ १० गते ०४: ५९ मा प्रकाशित     521   पटक पढिएको

प्रदेश जनस्वास्थ्य प्रयोगशाला, मधेस प्रदेशले ठोरी गाउँपालिकालाई करीब ७० लाख बराबरको ल्याबको सामाग्री उपलब्ध गराएको छ ।

प्रदेश जनस्वास्थ्य प्रगोगशाला जनकपुरधामको“एक पालिका एक ल्याब ”कार्यक्रम अन्तरगत उक्त सामाग्री मंगलवार ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठलाई हस्तान्तरण गरिएको ठोरीका स्वास्थ्य संयोजक रमेश थिङले जानकारी दिए । उक्त ल्याब हाल ठोरी ४ मा निर्माणाधीन निर्मलबस्ती स्वास्थ्य चौकीमा राखिने छ ।

 

भवन निर्माणाधीन अवस्थामा रहेकाले त्यस अघि अन्य भवनमै राखेर संचालन गर्ने तयारी गरिएको गाउपालिका अध्यक्ष श्रेष्ठले बताए ।

 

यस अघि स्वास्थ्य सेवा बिभाग टेकु काठमाडौबाट करीब १५ लाख मुल्यको भिडियो एक्सरे मेसिन गाउँपालिकाले प्राप्त गरिसकेको गापाका स्वास्थ्य संयोजक रमेशराज थिङले बताए । ल्याबको सुरुवात भै सकेपछि गाउँपालिका भित्र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य राखिएको अध्यक्ष श्रेष्ठले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.