नेपाल चिकित्सक संघ को केन्द्रिय उपाध्यक्ष तथा मधेश प्रदेसको संयोजकमा वीरगंजका चिकित्सक डा.निरज सिंह बिजयी भएका छन ।
डा. सिंहले ३०८१ मत प्राप्त गरेर बिजयी भएका हुन । उनका प्रतिद्वण्दी भन्दा आधा बढीमत प्राप्त गरि बिजयी डा.सिंह यस अघि संघको सचिव थिए ।
बिजयी भएपछि डा. सिंहले आफनो फेसबुक पेजमा आफूलाई बिजयी गराउन सहयोग गर्ने अग्रज। समकालीन र अनुजहरु क्ष्ष्टमित्र परिवकारका सदस्य र सेवाग्राही बिरामीलाई समेत स्मरण गरेका छन ।
उनले बडो मार्मिक रुपमा चुनवाको बेला मत बिभाजित भएपनि मन बिभाजन हुन नदिने प्रतिवद्धता जनाएका छन ।
आफनो तर्फबाट उनले चिकित्सकको मन बिभाजन हुन नदिने भन्दै आफनो ब्यवसायीक निष्ठालाई सम्मान गर्दै निर्वाचनको मैैदानमा प्रतिस्पर्धामा रहेका चिकित्सकद्वयलाई पनि ध्न्यवाद ज्ञापन गरेका छन ।
उनले कार्यकालको चुनौतीपूर्ण समयमा प्रतिस्पर्धी चिकित्सकद्वयलाई साथ दिन अपिल गरेका छन ।
तपाईको प्रतिक्रिया