logo

संघन उपचार कक्षबाट कोरोना परास्त गरेर घर फर्किनु भयो महतो

      7/31/2020 गते 00 00 मा प्रकाशित     905   पटक पढिएको

बीरगन्ज महानगरपालिका– ५ जेल रोड निवासी ४७ वर्षीय जोगिन्द्र महतो कोरोना भाइरसको संक्रमणलाई परास्त गरेर घर फर्किनु भएको छ ।

 

निमोनियाको समस्यामा रहनु भएका महतोले मृत्युलाई जितेर फर्किनु भएको हो । बीरगंजको कोभिड अस्पताल गण्डकमा सघन उपचार कक्ष ( आइसीयु) मा राखेर उहाँको उपचार भएको थियो । महतोको परिवार आफन्तजन र इष्टमित्र निकै खुशी भएको परिवारिक श्रोतले जनाएको छ । 

 

यसै गरि अस्पतालमा उपचार गराई रहेका अन्य १९ जना पनि कोरोना भाइसको संक्रमणलाई परास्त घर फर्किएका छन ।


नारायणी अस्थायी कोरोना अस्पताल गण्डकबाट संक्रमणमुक्त भएर २० जना डिस्चार्ज भएको डा.निरज सिंहले बताउनु भयो। अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार बिहीबार दुई जना र शुक्रबार १८ जना गरी २० जना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

 

पछिल्लो दुई पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुने २० जनामध्ये ३ जना महिला रहेको अस्पतालले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.