logo

बीरगंजमा मृत्यु पश्चात एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि

      8/1/2020 गते 00 00 मा प्रकाशित     1505   पटक पढिएको

वीरगंजको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा उपचार गराईरहनु भएकी  वीरगंज १६, नगावा घर भएकी ५० वर्षिया महिलाको उपचारको क्रममा हिजो (शुक्रवार)बिहान सवा दश बजे मृत्यु भएको थियो । 

शुक्रवार नारायणी अस्पतालको प्रयोगशालाले राती ११ बजे दिएको रिपोर्ट अनुसार ति महिलामा पनि कोरोना भाइरसको संक्रमण पपुष्टि भएको हो ।

 

वीरगंज १६, नगावा घर भएकी महिला निमोनिया उपचारका लागि अस्पताल भर्ना हुनु भएको थियो। शुक्रवार विहानदेखि उहाँको स्वास प्रस्वासमा समस्या देखिएको हो। मृत्यु अघि कोरोना भाइरसको परिक्षणकोलागि उहाँको स्वाब संकलन गरिएको थियो । 


पिसिआर ल्याबको राति ११ बजे आएको रिपोर्टमा ३ महिलासहित ६४ जनामा संक्रमण पुष्टि भएको थियो ।  तीन महिला मध्य एक मृतक महिलाको रिपोट पोजेटिभ देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्याय जानकारी दिनु भयो  ।

मृतक महिलाको शव हालसम्म गण्डकमा रहेको नारायणी बयोधा अस्पतालमै रहेको अस्पतालको प्रशासन शाखाका बिष्णु पटेलले जानकारी दिनु भयो।

 

वयाेधा अस्पताकाे आइसियु कक्षमा उपचाररत एक महिलामा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ । वीरगंज १६ नागरवा कै ५५ बर्षिय महिलामा काेराेना संक्रमण पुष्टि भएकाे अस्पताल स्राेतले जनाएकाे छ । ति महिलालाई गण्डक काेभिड अस्पतालमा सार्ने तयारी भइरहेकाे अस्पतालले जनाएकाे छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.