logo

पर्सामा सुरक्षाकर्मी र पत्रकार सहित थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

      8/3/2020 गते 00 00 मा प्रकाशित     1500   पटक पढिएको

पर्सामा नेपाली सेना ,नेपाल प्रहरी र पत्रकार सहित ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बीरगंजको नारायणी अस्पतालमा रहेको प्रयोगशालले आइतवार राती सार्वजनीक गरेको रिपोर्टमा ७३ जना संक्रमीत भएको पुष्टि भएको हो ।

 

संक्रमित हुनेहरुमा ६१ जना पुरूष र १२ जना महिला रहेका छन् । संक्रमित हुनेमा १० वर्षकी बालिकादेखि ६७ वर्षकी वृद्ध महिलासमेत रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले बताउनु भएको छ  ।


आइतबार राति संक्रमण पुष्टि भएका ७३ मा मास ट्रेसिङ, एक घर एक परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा परेका रहेका ब्यक्तिहरु हुन  । मास  ट्रेसिङमा पिसिआर जाँच गराएका २६ जना, एक घर एक परिक्षण जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका २५ जना रहेको मेसु उपाध्यायले जानकारी दिनु भयो  ।

संक्रमण पुष्टि भएकामा नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना, पर्साका पत्रकार १ जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका ५ जना, बारा जिल्लाका ५ जना र १ जना भारतीय नागरिक पनि रहेको मेसु उपाध्यायले जानकारी दिनु भयो  ।

  
पछिल्लो समय टोल टोल मै मास टेष्ट गर्न थालिएपछि समुदायमा रहेका संक्रमितहरू फेला पर्न थालेका नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले बताउनु भयो  ।

 

नयाँ संक्रमित मध्ये सबैभन्दा धेरै वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ४१ जना रहेका छन् । जसमध्ये १० वर्षिय बालिका र ८ जना महिला सहित ७७ वर्षसम्मका वृद्ध रहेका छन् ।

आइतबार मात्रै यसैवडामा २७ जना संक्रमित थपिएका थिए । आज सार्वजनीक रिपोर्ट अनुसार  संक्रमित मध्ये वीरगंज महानगरपालिका वडा नम्बर ९ घडिअर्वा र गोश्वरा रोड टोलका ७ जना, श्रीपुर वडा नम्बर १२ का ३ जना, घडिअर्वा वडा नम्बर १० का २ जना, सखुवा प्रसौनि गाउँपालिका वडा नम्बर ४ का २ जना, भिष्वा वडा नम्बर १५, वडा नम्बर ४ विर्ता, वडा नम्बर १५ भिष्वा, वडा नम्बर ८ पानगलि, वडा नम्बर १३ राधेमाइ, वडा नम्बर ६ गहवा, मुर्लि बगैंचा, सेढवा वडा नम्बर २, ग्रामीण भेगका टिहुकि, भारतको पुर्वी चम्पारण सोतवरीया गरि एक एकजना संक्रमित थपिएका छन् ।

विहान फेला परेका कोरोना पोजेटिभ साउन ८ गते र १२, देखि १६ गतेसम्म नारायणी अस्पताल तथा श्रीपुर उच्च माविमा संकलन गरिएको श्वाब परिक्षण मध्येका रहेको नारायणी अस्पतालले जनाएको छ।

पर्सामा कोरोना संक्रमितको संख्या ५ सय ८० जना पुगेको डा.उपाध्यायले बताउनु भयो  ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.