logo

सानो पाइलाले ३ महिनाकालागि नारायणी अस्पताललाई दियो ६ भेन्टिलेटर

      8/9/2020 गते 00 00 मा प्रकाशित     1456   पटक पढिएको

सानो पाइलाले वीरगञ्जस्थित नारायणी अस्पताललाई ६ थान भेन्टिलेटर उपलब्ध गराएको छ । नारायणी अस्पताललाई उपलब्ध गराइएको भेन्टिलेटर इनभेसिब र नन इनभेसिब प्रकारका रहेको सानो पाइलाले जनाएको छ ।

पछिल्ला दिनहरूमा पर्सा जिल्लामा कोरोना भाइरस सङ्क्रमणको प्रकृति र रफ्तार चिन्तित तुल्याउने किसिमको छ। लक्षण देखिएका र दीर्घरोगी सङ्क्रमितलाई कुनै पनि बेला भेन्टिलेटरजडित आईसीयूमा राखेर उपचार गर्नुपर्ने देखिएकाले नारायणी अस्पतालवाट यो सेवा प्रवाह गर्न लागिएको सानो पाइलाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।


स्वास्थ्य मन्त्रालयले गरेको वर्गीकरणअनुसार प्रदेश २ मा लेभल १ का अस्पतालमा ५ र लेभल २ का अस्पतालमा ५ गरी मात्र १० भेन्टिलेटर भएको अवस्था छ ।

 

त्यसैले भेन्टिलेटरको अभाव हुन सक्ने देखेर नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर हस्तान्तरण गरिएको सानो पाइलाका गभर्निङ बोर्ड सदस्य डा. राकेश कुमार झाले जानकारी दिनु भयो  ।

 

‘कोरोना सङ्क्रमणको विद्यमान परिदृश्य हेरेर हामीले हाललाई तीन महिनाका लागि भेन्टिलेटरहरु उपलब्ध गराएका छौँ । आवश्यक परे थप समय सेवा दिन पनि सकिन्छ,’ बोर्ड सदस्य डा. झाले भन्नु भयो।

सानो पाइलाले नेपाल भेन्टिलेटर सर्भिससँगको सहकार्यमा नारायणी हिजो आज आयोजित एक कार्यक्रमबीच सानो पाइलाका सभापति सुदीप कुमार लामा र नेपाल भेन्टिलेटर सर्भिसका सह(संस्थापक डा. विशाल ढकालले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

कोरोना सङ्क्रमितको उपचारका लागि भेन्टिलेटर सेवा उपलब्ध गराउन सहायता नेपाल र बुढानिलकण्ठ पूर्व विद्यार्थी समाजले आर्थिक सहयोग गरेका हुन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.