पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवलाई थप उपचारकोलागि काठमाण्डौ लगिएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई साउन २३ गते अस्पताल भर्ना गरिएको थियो ।
श्वासप्रश्वासमा समस्या रुगाखोकी र ज्वरो पनि आएपछि नगरप्रमुख यादवलाई २३ गते दिउँसो वीरगञ्जस्थित तराई हस्पिटलमा भर्ना गरिएको थियो । यादवलाई गम्भीर किसिमको निमोनियाको लक्षण देखिएको तराई अस्पतालले जनाएको थियो ।
अस्पतालमा उपचारकै क्रममा उहाँको थ्रोट स्वाबको पिसीआर परिक्षण भएको थियो । रिपोर्ट नेगेटिभ आएको थियो । स्वास्थ्यमा खासै सुधार नभएपनि हेलिकप्टर चार्टर गरेर यादवलाई काठमाण्डौ मेडिसीटी अस्पतालमा लगिएको छ ।
मेयर यादवलाई श्वास फेर्न समस्या भएको छ । शारीरीक रुपमा कमजोरी पनि महशुस गर्नुभएको यादवको पारिवारिक स्रा्तले जनाएको छ । अस्पतालका संचालक रोशन कुर्मीले समेत मेयर यादवको फोक्सोमा संक्रमण देखिएको बताउनु भएको छ । मेयर यादवलाई श्री एयरलाइन्सको हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको हो ।
तपाईको प्रतिक्रिया