logo

पर्सामा शुक्रवार बिहान सार्वजनीक भएको रिपोर्ट अनुसार २७ जना संक्रमीत थपिए

      8/14/2020 गते 00 00 मा प्रकाशित     1457   पटक पढिएको

वीरगञ्जस्थित नारायणी अस्पतालले शुक्रवार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार  पर्सामा थप २७  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

रिपोर्ट अनुसार भारतीय महावाणिज्य दुतावासका कर्मचारी, नारायणी अस्पतालमा कार्यरत चितिक्सक, नेपाली सेनाका सिपाही,  स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, बैंकमा कार्यरत कर्मचारीमा  कोरोना सङ्क्रमण देखिएको हो ।

पर्सा जिल्लाका २७ जनामा कोरोना संक्रमणको पुष्टि भएसगै शुक्रवार आएको रिपोर्टमा  बारा जिल्लाका २१ जना र महोत्तरी जिल्लाका २ जना गरी जम्मा ५० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालमा कार्यरत चार जना चिकित्सक,ग्लोबल आइएमई बैंक वीरगञ्ज शाखाका एक जना कर्मचारी ,अस्पतालका एक जना सफाई कर्मचारी तीन जना सुरक्षा गार्ड सहित नारायणी अस्पतालका मात्रै १२ जना संक्रमीत भएका छन । 

पर्सामा थपिएका सङ्क्रमितहरु वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैया, वडा नं. ४ विर्ता र लोहारपट्टी रोड, वडा नं. १० घडिअर्वा, वडा नं. ११ श्रीपुर, वडा नं. १३ मुर्ली, वडा नं. १५ भिस्वालगायत वडाका वासिन्दा रहेको नारायणी अस्पतालका मेडिकल सुपरिनटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिनु भयो  ।


त्यस्तै बारा जिल्लाको जितपुरसिमरा महानगरपालिकाको वडा नं. १४ देखि वडा नं. १५ सम्मका २० जना र विश्रामपुरका एक जना गरी २१ जनामा र महोत्तरीका २ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

२ वर्ष देखि ६९ वर्ष उमेर समुहका सङ्क्रमितमा १२ जना महिला रहेको अस्पतालको पिसिआर ल्याबले जनाएको छ । थपिकेका मध्ये केही कन्ट्याक्ट ट्रेडिङ र केही स्वेच्छाले आफ्नो परीक्षण गराएका रहेका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.