अनेरास्ववियुका केन्द्रीय सदस्य एवं नेकपा पर्साका सदस्य युवा नेता प्रभाकर गुप्तामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले शुक्रवार सार्वजनिक गरेको कोरोना सङ्क्रमितहरुको पछिल्लो नामावालीमा नेता गुप्ताको पनि नाम रहेको छ ।
युवा नेता गुप्ताले कोरोना भाइरसको संक्रमण जाँच गर्नकालागि साउन २६ गते थ्रोत स्वाब दिएका थिए । उहाँले एक जना कोरोना संक्रमीतको सम्पर्कमा आएकोले परिक्षणकोलागि स्वाब दिएको बताउनु भयो ।
गुप्ता अहिले वीरगञ्ज महानगरपालिका वडा नं १० घडिअर्वास्थित आफ्नो घरमा होम आइसोलेसनमा हुनुहुन्छ । चिकित्सकको सल्लाह अनुसार आफू होम आइसोलेशनमा रहेको उहाँले जानकारी दिनु भयो ।
मेरो स्वास्थ्य अवस्था सामान्य नै छ उहाँले भन्नु भयो कोरोनाको कुनै पनि खालको लक्षण ममा छैन र मलाई कुनै अप्ठयारो पनि महशुस भएको छैन ।
‘म स्वस्थ छु, कुनै लक्षण छैन । सङ्क्रमितको सम्पर्कमा आएदेखि मैले आफुलाई आइसोलेट गरेको थिए,’ नेता गुप्ताले भन्नु भयो , ‘चिकित्सक संग कुरा गरेको छु, उहाँहरुले मलाई लक्षण नदेखिएको कारण होम आइसोलेसनमा बस्न सल्लहा दिनु भएको छ म त्यही गर्दै छु ।’
तपाईको प्रतिक्रिया