बीरगंजमा २८ जनाले कोरोना भाइरसको संक्रमणलाई परास्त गरेर घर फर्किएका छन । नारायणी अस्थायी कोभिड अस्पताल बीरगंज हेल्थ केयर अस्पतालबाट शुक्रवार साँझ २८ जना बिरामीहरु कोरोना जितेर डिस्चार्ज भएका हुन ।
डिस्चार्ज हुनेमा साढे २ वर्षका एक बालक र तीन महिला सहित २८ जना रहेका छन । संक्रमणमुक्त हुनेमा नारायणी एफएमका स्टेशन प्रवन्धक क्रान्ति साह समेत रहनु भएको छ ।
कोरोना जितेर घर फर्किनेहरुमा अधिंकाश बीरगंज महानगर भित्रकै नागरिक रहेका छन ।
तीन जना पर्साको सखुवा प्रसौनी गाउँपालिकाका रहेका छन् । त्यस्तै बारा जिल्लाको आदर्श कोत्वाल गाउँपालिकाका पनि एक जना डिस्चार्ज भएका छन् । संक्रमण मुक्त भएका हरुलाई अस्पतालका चिकित्सकले विधाई गरेका थिए ।
तपाईको प्रतिक्रिया