logo

कोरोना भाइरसको संक्रमणका कारण पर्सामा एकै दिन तीन जनाको मृत्यु

      4/26/2021 गते 00 00 मा प्रकाशित     1110   पटक पढिएको

पर्सामा कोरोना भाइरसको संक्रमणका कारण बैशाख १३ गते तीन जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ८ का ३८ बर्षीया महिलाको १३ गते  साँझ पौने पाँचबजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले जानकारी दिनुभयो । नारायणी बयोधा अस्पतालमा उपचारको क्रममा ति महिलाको मृत्यु भएको हो ।  

श्रीवास्तवका अनुसार १३ गते बिहान  सवा १२ बजे नारायणी बयोधा अस्पतालमा भर्ना गराएकी ती महिलाको साँझ पौने पाँच बजे मृत्यु भएको हो ।

 

उनको बैशाख १० गते स्वाबको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै १३ गते  साँझ ६ बजे नारायणी अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

 

पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर ७ का ४५ बर्षीया महिलाको १ञ्३ गते  साँझ ६ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । आईतबार नारायणी अस्पतालमा भर्ना गरिएको उनको एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

 

 यसअघि सोही दिन बिहान मात्रै नारायणी अस्पतालमा एकजना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो वीरगन्ज महानगरपालिका वडा नम्बर ६ का ६० बर्षीय पुरुषको मृत्यु भएको थियो । यो सहित पर्सामा सोमबार एकै दिन तीनजनाको मृत्यु भएको छ । 

कोरोनाको दोश्रो लहर शुरु भएयता कोरोना संक्रमणका कारण वीरगन्जमा मृत्यु हुनेको संख्या १४ पुगेको छ । वीरगन्जको नारायणी अस्पतालमा १० जना, नारायणी बयोधा अस्पतालमा ३ जना र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो । मृतक १४ जना मध्ये पर्साका ११ जना, बाराका २ र सर्लाहीका १ जना हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.