logo

पर्सामा ५ वर्षीय बालकदेखि ७० वर्षीय वृद्ध सहित ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

      4/27/2021 गते 00 00 मा प्रकाशित     627   पटक पढिएको

पर्सामा थप ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोमबार नारायणी अस्पतालमा विभिन्न स्थानबाट आएका १ सय ४० जना व्यक्तिको थ्रोट स्वाबको नमुनालाई आरटी पिसिआर प्रविधिबाट परिक्षण गर्दा पर्साका ६४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा . सरोज रोशन दासले जानकारी दिनु भयो  ।

 

बारा जिल्लाका पनि १२ जनामा सङ्क्रमण देखिएको उहाँले बताउनु भयो ।थपिएका सङ्क्रमितहरुमा ५ वर्षीय बालकदेखि ७० वर्षीय वृद्धसमेत रहेका छन् भने उनीहरुको सिटि भ्यालु १४.१ देखि ३५ सम्म रहेको डा. दासले बताउनु भयो  । सङ्क्रमण पुष्टि हुनेमा २१ जना  महिला रहेका छन् ।

 

पर्सामा सङ्क्रमण पुष्टि भएकामध्ये ६१ जना सदरमुकाम वीरगञ्जका बासिन्दा हुन् ।पछिल्लो चरणमा शुरू भएको कोरोनाबाट चैतदेखि यता १२ जनाको मृत्यु भएको छ।

 

त्यसअघि ५३ जनाको मृत्यु भएको थियो। अहिलेसम्म १५९ जना स्वास्थ्यकर्मी, ५१ जना अस्पताल सफाइकर्मी, ३ जना एम्बुलेन्स चालक, १४ जना पत्रकार, १०८ जना थुनुवा र कैदी तथा १६९ जना सुरक्षाकर्मी (प्रहरी ६९, सशस्त्र प्रहरी २६ र सेना ७४ जना) सङ्क्रमित भइसकेका छन्। आइतवार र सोमवार गरेर पर्सामा मात्रै १ सय ५० जना संक्रमीत थपिएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.