logo

पर्सामा  ९ सय ९१ संक्रमीत होम आइसोलेशनमा , बीरगंज हेल्थ केयरमा पनि संक्रमीतको उपचार हुने

      5/1/2021 गते 00 00 मा प्रकाशित     669   पटक पढिएको

वीरगञ्ज हेल्थ केयरले बैशाख १८ गते साँझदेखि कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या बढेर उपचार गर्ने अस्पताल तथा बेड अभावलाई मध्यनजर गर्दै अस्पताले २५ बेडको आइसियु र १० बेड भेन्टिलेटरसहितको अस्पताल सञ्चालनमा ल्याएको सञ्चालक डा. अबुल हैस अन्सारीले जानकारी दिनु भयो  ।


नारायणी अस्पतालमा ९० शय्या, नेशनल मेडिकल कलेज कोरोना अस्पतालमा १७० शय्या र नारायणी वयोधा अस्पतालमा १५ शैय्याको आइसोलेशन कक्ष संचालनमा आएको छ।

यसबाहेक सबै निजी अस्पताललाई कुल शय्याको २० प्रतिशत आइसोलेशन निर्माण गर्न यसअघि नै कोभिड सङ्कट व्यवस्थापन केन्द्र पर्साले निर्देशन दिएको छ।

जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले पर्साका अस्पतालहरूमा ७७ जना सङ्क्रमित रहेको बताउनु भयो । उहाँले वयोधामा १४, नेशनल मेडिकल कलेजमा १८, नारायणी अस्पतालमा ३७ जना सङ्क्रमितको उपचार भइरहेको जानकारी गराउनु भयो।

 

उहाँले हालसम्म ८ जना चिकित्सक सङ्क्रमित भएको र उनीहरूको उपचार भइरहेको बताए। चैतदेखि वैशाखसम्म १३ सय ३५ जना सङ्क्रमित भएको र १ हजार ६८ जना सक्रिय सङ्क्रमित रहेको उहाँले  बताउनु भयो । यसमध्ये २ सय ६७ जना घर फर्केको र ९ सय ९१ जना होम आइसोलेशनमा रहेको प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले जानकारी दिनु भयो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.