logo

बीरगंज उधोग बाणिज्य संघ र औषधी उत्पादक संघाद्वारा पर्सा प्रहरीलाई स्वास्थ्य समाग्री हस्तान्तरण

      5/4/2021 गते 00 00 मा प्रकाशित     595   पटक पढिएको

बीरगंज उधोग बाणिज्य संघले नारायणी अस्पतालमा उपचारार्थ आउने बिरामीहरुका लागि राहत स्वरुप अस्थाई रुपमा टेण्ट तथा शितल पिउने पानीको व्यवस्था गरेको छ ।

 

बिरामी तथा आफन्तजनलाई राहत होस भनेर संघले शितल पानी र टेण्टको ब्यवस्था गरेको सङ्घका अध्यक्ष सुवोध गुप्ताले जानकारी दिनु भयो ।  


साथै दोश्रो लहरको कोभिड–१९ रोगको संक्रमण नियन्त्रण तथा उपचारको लागि मंगलवार वीरगञ्ज उद्योग वाणिज्य सङ्घ तथा नेपाल औषधी उत्पादन संघ संग सहकार्य गरेर जिल्ला प्रहरी कार्यालय, पर्सालाई कोभिड नियन्त्रणका लागि  स्वास्थ्य समाग्री उपलब्ध गराएको छ ।

 

१०० एम.एल. को ७३० थान सेनेटाईजर, ५ लिटरको ४ ग्यालेन (२० लिटर) सेनेटाईजर, फेस सिल्ड १०० थान, ओक्सीमिटर ४ थान र कोभिडको उपचारको लागि आवश्यक पर्ने विभिन्न औषधिहरु भएको पाकेट २२० थान सहयोग र ४०० थान सेनेटाईटर सशस्त्र प्रहरीलाई पनि  उपलब्ध गराएको छ । 

 


जिल्ला प्रहरी कार्यालय, पर्सालाई औषधी हस्तान्त्रणमा सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुबोधकुमार गुप्ता, नेपाल औषधी उत्पादन सङ्घका केन्द्रिय कोषाध्यक्ष तथा वीउवासङ्घका कार्यसमिति सदस्य प्रभात रुंगटा, औषधी उत्पादक प्रेम जाटिया, आषिश ठाकूरको उपस्थिती रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.