देशभर एकैदिन ३ हजार बढी कोरोना कोरोना संक्रमित निको भएका छन्। गत २४ घण्टामा मात्र मात्र ३ हजार ३ सय ७० जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा निको हुने संक्रमितको संख्या २ लाख ९८ हजार ७ सय ६५ पुगेको छ। यो दर कुल संक्रमितको ७७ दशमलव ४२ प्रतिशत हो। यसअघि शुक्रबार २ हजार ९ सय ५ जना संक्रमित निको भएका थिए।
हालसम्म कोरोना निको हुनेमा काठमाडौंमा माज्ञ १ लाख १४ हजार ५ सय ८० जना छन्। ललितपुरमा १७ हजार ६ सय १३ र भक्तपुरमा ९ हजार ९ सय १४ जना निको भएको मन्त्रालयले जनाएको छ।
यसैवीच सरकारले कोरोना संक्रमितको उपचार गर्न वीर अस्पताल र ट्रमा सेन्टरलाई कोभिड डेडिकेटेड अस्पताल बनाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको छलफलमा वीर अस्पतालको नयाँ बनेको सर्जिकल भवनसहित हाल चलिरहेको अस्पतालको शय्या र ट्रमा सेन्टरलाई पनि कोभिड डेडिकेटेड अस्पतालका रुपमा चलाउने निर्णय गरेको हो।
मन्त्रालयमा भएको छलफलमा दुवै अस्पतालका निर्देशकले समेत सहमती जनाएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
मन्त्रालयमा भएको छलफल अनुसार ट्रमाको २ सय शय्या, वीर अस्पतालको हाल चलिरहेको शय्यामध्ये २ सय शय्या र नयाँ सर्जिकल भवनमा पहिलो चरणमा २ सय शय्या बनाउने निर्णय भएको छ। वीरको नयाँ सर्जिकल भवनमा क्रमशस् आवश्यकता अनुसार शय्या थप गर्ने निर्णय पनि भएको मन्त्रालय स्रोत बताउँछ।
तपाईको प्रतिक्रिया