logo

नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो,आज पौने पाँच हजार निको भए

      5/12/2021 गते 00 00 मा प्रकाशित     611   पटक पढिएको

नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ। पछिल्लो दुई सातामा नै नेपालमा ७० हजारभन्दा बढी संक्रमित थपिएका हुन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ बजेसम्म नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ६३४ पुगेको छ। जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार २९१ र होम आइसोलेसनमा ९४ हजार ३ सय छन्।

 

पछिल्लो २४ घण्टामा देशभर ९ हजार  ३०५  जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छ। थप भएको यो संख्यासँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाखभन्दा माथि पुगेको हो।

 

पछिल्लो २४ घण्टामा १६८ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार २२५ जनाको मृत्यु भएको छ।

आज देशभर ५१७ जना व्यक्ति क्वारेन्टाइनमा छन्।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार  हजार ४४४ जना व्यक्ति निको भएका छन्।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.