logo

एकैदिन ६ हजारभन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किए

      5/14/2021 गते 00 00 मा प्रकाशित     629   पटक पढिएको

नेपालमा शुक्रबार एकैदिन ६ हजारभन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३५ जना कोरोना संक्रमित निको भएका हुन्।

योसँगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ३ लाख २७ हजार ६५३ जना पुगेको छ। यो दर कुल संक्रमितको ७४ दशमलब ५ प्रतिशत हो।

 

शुक्रबार थप ८ हजार ५२० जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ३९ हजार ६ सय ५८ जना पुगेको छ ।

 

यस्तै, पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या ४ हजार ६६९ जना पुगेको छ।

 

हाल देशभर १ लाख ७ हजार ३३६ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.