संघीय सरकारले बीरगंज स्थित नारायणी अस्पताललाई ९ करोड ८० लाख रुपैया दिने भएको छ । सरकारले नारायणी अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक निर्माण तथा ब्यवस्थापनकालागि यो रकम उपलब्ध गराउने भएको छ हो ।
अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र नौ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका निर्माणका लागि दुई अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो ।
कोभिड १९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले चार अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ।
प्रदेश नम्बर २ को सबैभन्दा ठूलो अस्पतालमध्ये रहेको नारायणीलाई पनि मन्त्रालयले उक्त रकम उपलब्ध गराएको छ । अस्पतालमा स्रोत, साधन र जनशक्तिको अभावमा कोरोना संक्रमितहरुको उपचारमा समस्या आएको अस्पताल प्रशासनले बताउँदै आएको छ ।
अस्पतालसँग पर्याप्त अर्थ नहुँदा कयौँ सेवा सुविधाहरु ठप्प रहेका छन् । अर्थ मन्त्रालयले दिएको रकमबाट अस्पतालमा थप सेवाहरु ल्याउँन र बन्द रहेका सेवाहरु पुनस् सुचारु गर्न सहयोग मिल्ने विश्वास लिइएको छ ।
तपाईको प्रतिक्रिया