logo

क्याटले अस्पतालको निरिक्षण गर्दै , अक्सिजनको उपलब्ध गराउन आग्रह,नारायणीमा कोभिड बिरामीलाई खाजा 

      5/17/2021 गते 00 00 मा प्रकाशित     972   पटक पढिएको

कोभिड एकस्न टिम पर्साका संयोजक एवम् जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहद अन्सारी नेतृत्वको टोलीले  बीरगंजमा अस्पतालको नीरिक्षण शुरु गरेको छ ।

 

टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित बाबा होटेलमा नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थाई कोभिड अस्पतालमा पनि स्थलगत निरिक्षण गरेको छ ।

 

निरिक्षणको क्रममा क्याटले अस्पतालमा उपचाररत कोभिड संक्रमितहरुको स्वास्थ्य अवस्था र अस्पताल प्रशासनको व्यवस्थापन लगायतको बारेमा जानकारी लिएको क्याटका सदस्य तवरेज अहमदले बताउनु भयो । अनुगमनको क्रममा अक्सिजनको अभाव फेला परेको नेपाली काङ्ग्रेस पर्साका सचिब एवम् क्याटका सदस्य श्याम पटेलले बताउनु भयो  ।

 

अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका डा. ओमप्रकाशका कुशवाहाका अनुसार आवश्यक्ता तथा मागबमोजिमको अक्सिजन आपुर्ति हुन सकिरहेको छैन । हरेक दिन १२ घण्टामा लगभग २ सय भन्दा धेरै अक्सिजनको माग भएपनि आपुर्ति भने जम्मा ३० वटा मात्रै हुने गरेको उहाँले  बताउनु भयो  ।  

 

क्याटले अक्सिजनको आपूर्तीका निम्ति राजनीतिक दलको नेतृत्वसंग आवश्यक छलफल गर्ने जनाएको छ ।  अनुगमन टोलीमा नेकपा एमालेबाट सञ्जिव मिश्रा, नेकपा माओवादी केन्द्रका बाबुराम कौशिक लगायतको सहभागिता रहेको थियो ।

 


यसैवीच  नारायणी अस्पतालमा उपचार गराई रहेका  कोरोना भाइरस सङ्क्रमितका लागि कोभिड एक्सन टिम पर्साले  खाजा वितरण गरेको छ ।  कोभिड १९ का संक्रमित बिरामीहरूका लागि दूध, पाउरोटी र अण्डा गरी १५० जनालाई खाजा उपलब्ध गराएको हो । खाजा डा.सरोज रोशन दासलाई हस्तानतरण गरेको अहमदले बताउनु भयो ।

 

कोभिड एक्सन टिम पर्साले हिजो नारायणी अस्पतालमा अनुगमन गरी अस्पतालको समस्या समधान गर्न प्रतिबद्धता गरेको थियो।उक्त प्रतिबद्धता निर्वाह गर्दै आज खाजा वितरण गरिएको कोभिड एक्सन टिम पर्साले जनाएको छ। वितरण कार्यक्रममा नेक महमद अंसारी, श्याम पटेल, तवरेज अहमद ,बाबुराम कौशिक, संजीव मिश्र, समीर अख्तर, इम्तियाज, दिपेश, प्रकाश, अफ्रोज, सजाद लगायतको उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.