प्रदेश सभा सदस्य डा.अन्जु यादवले बीरगंजको नारायणी अस्पताललाई स्वास्थ्य उपकरण तथा समाग्री हस्तान्तरण
गर्नु भएको छ । उहाँले नन इन्भेसिभ भेन्टिलेटर [ वाईप्याप ] १ थान, एम्बु ब्याग २ थान, १ थान, अक्सिजन नेजल क्यानुला ७ थान, अक्सिजन कन्सर्नट्रेटर, डिजिटल वेटिङ मेशिन, डिजिटल एक्सरे भिउअर र फोईटल डपलर १/१ थान र मल्टीभिटामिन एक केस हस्तान्तरण गर्नु भएको हो ।
प्रदेश सभा सदस्य यादवले अस्पतालमै पुगेर कोभिड वार्डको नर्सिङ इन्चार्ज अहेमा थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो।प्रदेश सभा सदस्य डाक्टर यादवले ४ महिनाको तलब बराबरको रकमले कोरोना संक्रमितको उपचारमा आवश्यक उपकरण उपलब्ध गराएको बताउनु भएको छ ।
प्रदेशसभा सदस्य डा. अञ्जू कुमारी यादवले आफ्नो चार महिनाको तलब बराबर रकमबाट स्वास्थ्य सामग्री खरिद गरेर नारायणी अस्पताललाई दिने घोषणा जेठ २ गते नै गर्नु भएको थियो ।
बुधबार १ सय ३ जना संक्रमित उपचररत छन् । ७५ बेडको आइसियु र २८ बेडको एचडियु रहेको अस्पतालमा ९ जना भेन्टिलेटरमा छन् । जसमध्ये ५ जना सिप्याप, ३ जना हाइफ्लो नेजल क्यानुला र १ जना इन्भेसिभ भेन्टिलेटरमा राखिएका छन् ।
बुधबार ४ जना नयाँ विरामी भर्ना भएको ४ जना डिस्चार्ज भएको र तीन जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
डा.यादवले सबैलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै निषेधाज्ञा अवधिभर अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि आग्रह गर्नु भएको छ ।
तपाईको प्रतिक्रिया