logo

आँखामा नयाँ रोग देखिएमा चिकित्सकको निगरानीमा जान प्रशासनको आपिल,आवश्यक सर्तकर्ता अपनाउन चिकित्सकको आग्रह

      5/24/2021 गते 00 00 मा प्रकाशित     1191   पटक पढिएको

कोभिड संक्रमीतहरुमा आँखा सम्बन्धी नयाँ रोग देखा परेको भन्दै चिकित्सकहरुले आवश्यक सर्तकता अपनाउन आग्रह गरेका छन । आँखामा देखिएको यो रोगलाई म्यूकर माइकोसिस पनि भनिन्छ ।

 

यो देखिए पछि चिकित्सकको निगरानीमा पुग्न स्थनीय प्रशासनले पनि आग्ह गरेको छ ।  यो रोग देखा परेपछि पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सोमवार चिकित्सक तथा आँखा अस्पतालका संचालकहरुको बैठक आव्हान गरेर यो रोग नियन्त्रणकालागि अपनाउनु पर्ने सावधानीका बिषयमा आवश्यक काम गर्न निर्देशन दिनु भएको छ । 

 


बैठकमा चिकित्सक डा. निरज सिंहले आँखामा देखिएको यो रोग   फंगल इन्फेक्सन भएको बताउनु भयो  ।   सामान्यतया माटो, बोटबिरुवा, मल र कुहिएका फलफूल तथा तरकारीमा हुने म्युकोर भनिने ढुसीसँगको संसर्गबाट सर्ने डा.सिंहले बताउनु भयो ।

 

डा. सिंहका अनुसार मधुमेह, क्यान्सर, किड्नी, स्टेरोइड औषधि प्रयोग गर्ने बिरामीमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुने भएकाले अपरट्यूनिस्टिक इन्फेक्सन हुन्छ। जसले सुगर बढ्ने, सास फेर्न असहज हुने, आँखा सुनिने, दुख्ने, धमिलो देख्ने तथा आँखाबाट रगत जस्तो तरल पदार्थ बग्ने जस्तो लक्षण देखिने उहाँलेबताउनु भयो । डा.सिंहका अनुसार यो रोग सरुवा रोग भने होइन ।


बैठकले आँखामा देखिएको यस्तो समस्यालाई समाधान गर्नकालागि बीरगंजको नारायणी अस्पतालमा कोभिड पोष्ट वार्ड स्थापना गर्ने निर्णय भएको छ । डा.निरज सिंहको संयोजकत्वमा नारायणी अस्पतालका आँखाका बिशेषज्ञ चिकित्सक अन्य दूइृ जना रहेको एउटा टास्क फोर्स बनाउने निर्णय गरेको छ ।

 

यही फोर्सले बीरगंजका सबै नेत्र चिकित्सक र चेत्र सम्बन्धी अस्पतालसंग समन्वय गरेर यो रोगको संक्रमणलाई नियन्त्रणमा भूमिका निर्वाह गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनु भयो । 


बैठकले सबै स्थानीय तहलाई आँखामा देखिएको यो खाले रोगका लक्षण देखा परेमा तत्काल बीरगंजको नारायणी अस्पतालमा सम्पर्क गर्न वा पठाउनकालागि सबै स्थानीय तहलाई पत्राचार गर्ने निर्णय समेत भएको छ । 


बैठकमा नेकपा एमालेका पर्साका अध्यक्ष प्रभू हजरा, नेपाली कांग्रेसका सभापति अजय कुमार द्विवेदी ,जसपाका अध्यक्ष राम नरेश यादव सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डृण्ट डा. बीरेन्द्र प्रधान डा. उदय सिंह लगायतको सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.