logo

स्वास्थ्य संरचना उपकरण थपिदै भेन्टिलेटर संख्या ९ सय ,अइसीयु बेड ३ हजार पुग्यो

      5/25/2021 गते 00 00 मा प्रकाशित     1115   पटक पढिएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारोना महामारीको समयमा आइसीयू, भेन्टिलेटर, एचडीयू, अक्सिजन प्लान्ट लगायतका मेसिन उपकरण तथा पूर्वाधार थप गरेको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार २०७७ साल वैशाखमा ३ सय २७ वटा मात्र भेन्टिलेटर रहेकोमा हाल ९ सय ४ वटा पुगेको छ।

मन्त्रालयले एकवर्षमा ५ सय ७७ वटा भेन्टिलेटर थप गरेको दाबी गरेको छ। यस्तै १ सय ८० वटा भेन्टिलेटर थप गर्ने प्रक्रिया शुरू भइसकेको पनि मन्त्रालयले जनाएको छ।

 

यसैगरी, गतवर्षको वैशाखमा २ हजार ६ सय आइसीयू बेड संख्या रहेकोमा एक वर्षमा ४ सय  थप गरी ३ हजार पुर्‍याइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले ६ सय ३० वटा आइसीयू थप गर्ने प्रक्रिया पनि अघि बढाएको जनाएको छ।हाइडिपेन्डेन्सी युनिट (एचडीयु) बेड संख्या सरकारी अस्पतालहरूमा २ हजार ७५ र निजीमा ७ सय ७८ थप गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

यस्तै, १ हजार ४ सय आचडीयू थप गर्ने प्रक्रिया अगाडी बढेको छ।यसैगरी, देशभर ३२ वटा अक्सिजन प्लाण्ट सञ्चालनमा रहेकोमा १९ वटा थप गर्ने तयारी मन्त्रालयले गरेको छ ।

मन्त्रालयका अनुसार लिक्विड अक्सिजन ट्यांक संख्या ३ वटा रहेकोमा २७ वटा थप गर्ने  प्रक्रिया अगाडी बढाइएको छ।

एकवर्षको अवधिमा ९ सय  अक्सिजन कन्सनट्रेटर थप गरिएको र ५ हजार अक्सिजन सिलिण्डर थप गरिएको  मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरी सरकारी तथा निजी अस्पतालहरूमा कोभिड–१९ उपचारका लागि १ सय ५७ अस्पतालहरू सूचीकृत गरी सञ्चालनमा ल्याइएको छ। 

निजी क्षेत्रका ४५ अस्पतालहरूसँग सम्झौता गरी परिचालन गरिएको छ। यी अस्पतालहरूमा निस्शुल्क उपचार व्यवस्था मिलाइएको र  २०७८ वैशाखमा मात्र उपचारको लागि ४५ करोड सोध भर्नाको गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.