logo

गादीमा प्रसुती केन्द्रको उद्घाटन, पर्सा जिल्लामै नमुनाको रुपमा संचालन गरिने अध्यक्ष गैरेको भनाई

 इसीमाना सम्वाददाता     २०८२ सावन १० गते ०४: ०० मा प्रकाशित     656   पटक पढिएको

वीरगंज ।  पटेर्वा सुगौली गाउँपालिका–२ स्थित गादी स्वास्थ्य चौकी मा प्रसुती केन्द्रको शनिवार उद्घाटन गरिएको छ ।

 

 परिसरमा निर्माण गरिएको अत्याधुनिक सुविधासम्पन्न दुई तले प्रसुति केन्द्रको पाकिा अध्यक्ष दिनेश कुमार चौधरीले उद्घाटन गरेका हुन।

समारोहमा वडाध्यक्ष, पालिकाका पदाधिकारी, स्वास्थ्यकर्मी, स्थानीय बासिन्दा, पत्रकार लगायतको सहभागिता रहेको थियो । केन्द्रको निर्माणले स्थानीय खुशी छन ।

 

सुरक्षीत प्रसुतीका निम्ति आफ्नै ठाउमा स्तरीय सेवा लिन पाउने भउपछि स्थानीयले खुशी ब्यक्त गरेका हुन  । पटेर्वा सुगौली गाउँपालिकाको वडा न २ मा एम्बुलेन्स पनि संचालनमा छ ।

 

May be an image of one or more people and crowd

 प्रसुतीकेन्द्रको निर्माण एम्बुलेन्स सेवा र दक्ष प्रावधिक जनशक्तिको उपलब्धताका कारण महिलाहरुकालागि केन्द्रको संचालन महत्वपूर्ण रहेको वडा नं २ का अध्यक्ष बिजय गैरेले बताए ।


पालिका अध्यक्ष दिनेश चौधरीले शिक्षा स्वाथ्यको क्षेत्रमा पालिकाको ध्यान गएको बताए । उनले केन्द्रको निर्माणले गादी स्वास्थ्य सेवाको केन्द्र बन्ने बिश्वास बयक्त गरे ।

 

संघीय सरकारको ७३ लाख र पालिकाको ३२ लाख रुपौयको लागतमा प्रसुती केन्द्र निर्माण भएको हो ।  

 

स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष  एवं वडा नं २ का अध्यष विजय गैरेले अनुभवी चिकित्सक, नवजात शिशुका लागि आवश्यक उपकरण, चेकजाँच र औषधि निःशुल्क उपलब्ध हुने बताए  । उनले  गादीमा स्थापित प्रसुति केन्द्र पर्सा जिल्लामै सुविधायुक्त र नमुनाको रुपमा रहने बताए । 

 

कार्यक्रममा पालिका उपाध्यक्ष ममता महतो वडाध्यक्ष विजय गैरे, वडा नं. १ का अध्यक्ष फरमान अन्सारी, वडा नं. ४ का अध्यक्ष बासु पजियार थारु, कार्यपालिका सदस्यहरू, बुद्धिजीवी, प्रहरी प्रशासन, स्वास्थ्यकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

समाज

नाउपा बिवादको उत्कर्षमा, कार्यवाहक अध्यक्ष तोकेर अलग भइन रन्जिता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको विवाद चलिरहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई दिएकी छन् ।

निर्मला पन्त घटनाको बिरुद्ध न्याय माग्दै हिडने लेखक दिने ठाउमा पुगेपछि  निर्मलाकी आमामा झन निरशा बढ्यो

वीरगंज । तस्विरमा रहेको ब्यानरले धेरै कुरा बोलेको छ  र आज पनि त्यही बोली बोलीरहेको छ । तस्विरको वीचमा रहेका ब्यक्ति अनुसन्धान गर्ने निकायको उच्च पदमा पुगेका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.