पर्साको धोबिनी गाउँपालिकामा १५ बेडको अस्पताल निर्माण हुने भएको छ ।धोबिनी गाउँपालिकाको भिखमपुर टोलमा १५ बेडको अस्पताल निर्माण हुने गाउँपालिका कार्यालयले जनाएको छ ।
१० करोडको लागतमा निर्माण सम्पन्न हुने अस्पतालको लागि ठेक्का साकार समेत भईसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार रौनियारले जानकारी दिनु भयो ।
ठेक्का साकार भई समबन्धित अस्पतालको निर्माण कार्य शुरु गर्नको लागि कार्य आदेश समेत दिई सकिएको रौनियारले बताउनु भयो ।
१५ बेडको अस्पताल १८ महिनाको अवधिमा निर्माण सम्पन्न हुने छ ।सरकारले यसअघि नै हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने लक्ष्य लिए अनुसार धोबिनी गाउँपालिकामा पनि अस्पताल निर्माण हुने प्रक्रिया अघि बढेको छ ।
अस्पताल निर्माण भएपछि गाउँपालिकाका जनताहरुलाई स्वास्थय उपचारको लागि सदरमुकाम वीरगञ्ज नै आउनु पर्ने बाध्यता हटने गाउँपालिकाले बिश्वास लिएको छ ।
तपाईको प्रतिक्रिया