logo

सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा निःशुल्क आँखा शिविर आयोजना

 इसीमाना सम्वाददाता     २०८२ पौष २५ गते ०७: ११ मा प्रकाशित     491   पटक पढिएको

वीरगंज। सशस्त्र प्रहरी बल नेपाल पर्साले २५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ।

पुष २५ गते पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–२ भेडीहार स्थित श्री रामाज्ञा साह प्राथमिक विद्यालयको प्राङ्गणमा उक्त शिविर आयोजना गरिएको हो।

 

 ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत सीमावर्ती क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा सहयोग पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

 

शिविर तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, वीरगञ्ज सामुदायिक आँखा अस्पताल तथा लक्ष्मी सनराइज बैंक वीरगञ्जको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर  पर्साको आयोजनामा सम्पन्न भएको हो।

 

कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

 

कार्यक्रममा सीमा सुरक्षा गुल्म लहावरथकरीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लोकनाथ उप्रेती, छिपहरमाई गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष कामेश्वर प्रसाद यादव तथा वडा नं.२ का वडा अध्यक्ष महेन्द्र साह कलवारलगायतको उपस्थिति रहेको थियो।

 

उक्त निःशुल्क आँखा शिविरबाट जम्मा १ सय ७२ जना स्थानीय नागरिक लाभान्वित भएका छन्। लाभान्वितमध्ये ९१ जना महिला र ८१ जना पुरुष रहेका छन्।

सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रका नागरिकको स्वास्थ्य, सुरक्षा र सामाजिक हितका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.