logo

पोखरिया प्रादेशिक अस्पताल उद्घाटन,मुख्यमन्त्री यादवद्वारा  सेवा विस्तारको प्रतिबद्धता

 इसीमाना सम्वाददाता     २०८२ पौष २६ गते ०७: २७ मा प्रकाशित     661   पटक पढिएको

पोखरिया । पर्सा जिल्लाको पोखरिया नगरपालिका–४ मा निर्माण सम्पन्न प्रादेशिक अस्पताल पोखरियाको मधेश प्रदेश सरकारका मुख्यमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णप्रसाद यादवले शनिबार एक कार्यक्रमबीच औपचारिक रूपमा उद्घाटन गरेका छन।

 

उद्घाटन समारोहमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारले हाल उपलब्ध सेवा, उपचार क्षमता र भावी आवश्यकता समेटिएको प्रतिवेदन मुख्यमन्त्री यादवलाई हस्तान्तरण गरे।

 

 प्रतिवेदनमा आवश्यक चिकित्सकीय उपकरण, भौतिक पूर्वाधार, प्रयोगशाला सामग्री र जनशक्तिको अभावबारे उल्लेख गरिएको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पोखरिया अस्पताललाई चाँडै सक्षम र सेवामुखी स्वास्थ्य संस्थाका रूपमा विकास गरिने बताए ।

 

उनले  मधेश प्रदेशमा कार्यरत चिकित्सकहरूलाई दरबन्दी रहेको स्थानमै खटाउने निर्णय भइसकेको जनाउँदै आदेश उल्लङ्घन गर्नेप्रति कडा कारबाही गरिने स्पष्ट पारे ।

 

 साथै अस्पतालका लागि आवश्यक भौतिक संरचना, उपकरण, ल्याब सामग्री तथा जनशक्ति यथाशीघ्र उपलब्ध गराइने आश्वासन दिए ।

 

पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युमन प्रसाद चौहानले अस्पताल क्षेत्रीय स्वास्थ्य सेवाको मेरुदण्ड बन्ने विश्वास व्यक्त गर्दै कर्मचारी व्यवस्थापन र सेवा विस्तारमा प्रदेश सरकारको थप सहयोगको अपेक्षा राखेको बताए।

 

स्थानीय सरकार अस्पतालको समग्र विकासमा निरन्तर सहकार्य गर्न तयार रहेको उनको भनाई थियो । 

कार्यक्रममा पोखरिया क्षेत्रमा रहेको १२ बिघा ऐलानी जग्गामा रंगशाला निर्माण तथा वडा नम्बर–४ स्थित विशाल हनुमान मन्दिरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बजेट विनियोजनको मागसमेत उठाइएको थियो।

 

 पूर्व नगरप्रमुख दिपनारायण प्रसाद रौनियारलगायत वक्ताहरूले हाल विनियोजित बजेट अपर्याप्त रहेको जनाउँदै प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए।

 

प्रादेशिक अस्पताल विकास समिति अध्यक्ष उमेश प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगी लाल राय, भूमि व्यवस्था तथा कृषि मन्त्री श्याम पटेल, वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी, पूर्व मन्त्रीहरू, प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

यस वर्षको सुबोध स्मृति पत्रकारिता  पुरस्कारबाट पत्रकार गौतम पुरस्कृत हुने

वीरगञ्ज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ ।

५८ जनाले गरे रक्तदान, राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लबलाई , रेडक्रस पर्साले दियो धन्यवाद

वीरगञ्ज । वीरगञ्जमा राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा वीरगंजमा ५८ जनाले रक्तदान गरेका छन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.