कलैयाका सात पसलमा छड्के अनुगम,माँ अन्नपूर्ण स्वीट्स एण्ड बेकरी र केसर स्वीट्स दण्डीत
इसीमाना सम्वाददाता
२०८३ बैशाख २९ गते ०३: २४ मा प्रकाशित
347 पटक पढिएको
कलैया । बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरकण भट्टराईको नेतृत्वमा कलैयामा उपभोक्तालाई बस्तु र सेवा प्रवाह गर्दै आएका पसल र प्रतिष्ठानहरुको अनुगमन शुरु गरिएको छ ।
सोमवार बजारका सातबाट पसल अनुगमन गरिएको थियो ।अनुगमनका क्रममा दुई वटा मिठाइ पसललाई जरिवाना गरिएको छ ।
अनुगमनका क्रममा कलैया उपमहानगरपालिका ६ बरियारपुर रोडस्थित माँ अन्नपूर्ण स्वीट्स एण्ड बेकरीमा गुणस्तरहीन मम, हाइड्रो तथा बिरयानी बनाउने सामग्री भेटिनुका साथै मूल्यसूचीसमेत नराखिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९(घ) बमोजिम ५० हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।
त्यसैगरी, कलैया ५ स्थित केसर स्वीट्समा म्याद गुज्रिएको आइसक्रिम र मम फेला परेपछि २० हजार जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा कलैया(४ बरियारपुर रोडस्थित रोशन बाबु जेनेरल स्टोरमा म्याद गुज्रिएको खाने तेल फेला परेपछि उक्त तेल पसल अगाडि नै नष्ट गरिएको सहायक प्रजिअ भट्टराईले बताए।
कलैया ४ बरियारपुर रोडस्थित नेपाल डेरी उद्योग, एक मासु पसल र अदालत रोडस्थित सत्या होटललाई आवश्यक कागजातसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय बारामा उपस्थित हुन निर्देशन दिइएको छ ।
दुर्गा खाजा घरमा काटा (नापतौल)सम्बन्धी अनुमतिपत्र नभएको पाइएपछि नापतौल कार्यालय वीरगञ्जमा तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ । नवल सेकुवामा मूल्यसूची नराखिएको पाइएपछि चेतावनी दिइएको अनुगमन टोलीले जनाएको छ ।
उक्त अनुगमन टोलीमा सहायक प्रजिअ भट्टराईसहित घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख देवेन्द्र झा, जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत दीपेन्द्रप्रसाद यादव, प्रशासन शाखाका रत्न स्याङ्तान, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका आशुतोष कुशवाह, खाद्य प्रविधिका जगत चौधरी, गुणस्तर कार्यालयका जोखन चौहान, उपभोक्ता हित संरक्षण मञ्चका अरुण खनाल, जिल्ला प्रहरी कार्यालय बाराका प्रतिनिधि शिवशङ्कर साह तथा सञ्चारकर्मीको सहभागिता थियो ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।
वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।
तपाईको प्रतिक्रिया