logo

म थारु हूँ तर पहिले नेपाली हूँ— शान्ता चौधरी

      2/3/2017 गते 00 00 मा प्रकाशित     2463   पटक पढिएको

 

शान्ता चौधरी

 

सिके राउतको गिरफ्तारीले सारा नेपाली खुसी भएका छन् । किनभने उनले देश विखण्डनको विचार फैलाउँदै थिए । धेरै वर्ष भयो उनले यस्तो विचार फैलाउन थालेको तर सरकारले सधै उनलाई छुट दियो । बेलाबेलामा पक्रने र छाड्ने गरेर सिकेको विज्ञापन सरकार आफैले गरिरहेको थियो । जनता सिकेको विचारको पक्षमा छैनन् भन्ने प्रष्ट देखियो किनभने उनले कुनै जनसमर्थन पाएनन्, उनको पक्षमा कोही देखिएनन् ।

तैपनि हामीले सिकेलाई किन खतराको रुपमा हेर्यौं ? किनभने उनलाई सहयोग गर्ने, उनलाई उचाल्ने र खतराको रुपमा विकास गर्ने बलिया शक्तिहरु छन् । हामी सबैले बुझेको कुरा के हो भने सिके राउत र उनीसँग तालमेल मिलाएर चलिरहेका शक्तिहरु छन् । ती शक्तिहरुले नेपाललाई अस्थिर बनाउने, नेपाललाई कमजोर बनाउने र नेपाललाई संविधान विहिन बनाउने प्रयास गरिरहेका छन् । त्यस्ता शक्तिहरुले सिकेलाई अगाडि सारेर देशलाई ब्ल्याकमेलिङ गरिरहेका छन् ।
हेर्नुस्, हामी यहाँ उपस्थित साथीहरु विभिन्न पार्टीका छौं, विभिन्न जातिका छौं, विभिन्न विचार र क्षेत्रका छौं । यो देशभित्र हामी सबैको आआफ्नो मागमुद्दा हुनसक्छ, आआफ्नो धारणा हुनस्क्छ । तर, जब देशको कुरा आउँछ हामीले आफ्नो जाति र पार्टी भन्ने होइन, जिल्ला क्षेत्र र गाउँ भन्ने होइन, मेरो यो विचार र तेरो यो विचार भन्ने होइन । देशभन्दा माथि कुनै विचार हुँदैन, देशभन्दा माथि कुनै वाद र सिद्धान्त हुन सक्दैन । देश सर्वाेपरी हो । देश रहे हामी जनता रहन्छौं, देश नरहे कोही रहन्नौं ।

देश टुक्राउँछु भन्ने विचारलाई बेलैमा निमिट्यान्न पार्नुपर्छ । सिके राउतलाई पनि बेलैमा ठेगान लगाउनुपर्छ भनेकै हौं हामीले । तर, अहिले यस्तो सरकार छ यो सरकारको पालामा सिकेको स्वर्ण युग सुरु भयो । जनताको व्यापक दवाबपछि सिकेलाई गिरफ्तार गर्न सरकार वाध्य भएको छ । रैथाने एकता परिषदले पनि सरकारलाई सिकेको बारेमा खबरदारी गरेको हामीले सुनेकै हौं । जनदवाब थिएन भने सिकेलाई यो सरकारले गिरफ्तार गथ्र्याे भन्नेमा मलाई शंका छ । जनदवाब भएन भने सरकारले कुनै पनि बेला कुनै पनि बहानामा सिकेलाई बिना कानुनी कारबाही छाड्न सक्छ । यो पक्षमा रैथाने एकता परिषद् सहित सबै जनताले खबरदारी गर्न आवश्यक छ ।

 

नेपालीलाई विभिन्न जातजातिमा फुटाउने प्रयास भइरहेको छ । म थारु हूँ तर पहिले नेपाली हूँ । थारुको नाममा राजनीति गरेर धनाड्य बनेका केही नेताहरुले भन्ने गरेका छन्, थारु भएकै कारणले हामी विभेदमा परेका छौं । म यो कुरा मान्दिन । धनाड्य थारुहरुले कमैया कमलरी राखेका थिए, गरिब थारु कमैया कमलरी बनेका थिए । यसको मतलब के हो भने आर्थिक विभेद भयो । नेपालमा समस्या जातीय होइन वर्गीय हो । वर्गीय समस्यालाई ढाकछोप गर्न र विदेशी स्वार्थका लागि जातीय समस्यालाई हौवा बनाइएको हो ।

हेर्नुस्, जाति र पार्टीभन्दा माथि उठेर देश भन्ने भावना विकास गर्न सकिएन भने कुनै पनि जातिको विकास हुन सक्दैन । अधिकार पाइएन भन्छन्, जबसम्म आर्थिक रुपमा सबल बनिँदैन तबसम्म पाएको अधिकार पनि उपभोग गर्न सकिँदैन । यो कुरा जनताले बुझ्न आवश्यक छ । यो देश रहेन भने हामी पनि रहन्नौं । देश छ र जनता छौं, यो देश विभिन्न जातीय समुदायले बनेको छ । देशमा समावेसीकरण व्यापक रुपमा हुन थालेको छ । उत्कृष्ट संविधान बनेको छ र यो संविधान संशोधन गर्न सकिन्छ । एकपटक संशोधन भइसक्यो, फेरि पनि हुनसक्छ । तर, देशहितभन्दा बाहिर गएर संविधान संशोधन गर्न पाइँदैन । संविधान संशोधनको बहानामा देश विखण्डनमा लैजान प्रयास भइरहेको छ । सिके राउतलाई अगाडि सारेर पछाडिबाट केही शक्तिहरुले संविधान संशोधनका लागि दवाब दिइरहेका थिए । देशमाथिको यस्तो ब्ल्याकमेलिङ अब सहन हुँदैन ।

यहाँ म मेरा थारु भाइहरुलाई देखिरहेको छु, मधेसी भाइहरुलाई पनि देखिरहेको छु । देशको मामिला आएपछि हामी जाति र पार्टीभन्दा माथि उठ्न सक्छौं भन्ने यहिँबाट पनि देखियो । हामीले अब सिकेजस्ता विखण्डनकारी कोही देखा नपरुन्, यो देश टुक्रा पार्छु भन्ने हिम्मत कसैले नगरुन् भन्नेमा ध्यान दिनुपर्छ । खबरदारी गर्नुपर्छ । रैथाने एकता परिषद्ले यस्तो खबरदारी गरिरहोस्, तपाईंहरुको खबरदारीमा म सधैं साथमा रहन्छु ।

(रैथाने एकता परिषद्ले काठमाडौंमा आज आयोजना गरेको प्रदर्शनपछिको सभामा शान्ता चौधरीले व्यक्त गरेको विचार)आठैप्रहर

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.