logo

हारको समिक्षा र बैचारिक जागरणको अभियानमा ब्यस्त पर्सा एमाले 

      3/26/2018 गते 00 00 मा प्रकाशित     1674   पटक पढिएको

बीरगंज १२ चैत्र ।  नेकपा एमाले पर्सा पार्टी निर्माणको अभियानमा सक्रिय भएको छ । भर्खर सम्पन्न तीनवटै निर्वाचनमा हार ब्यहोरेको एमालेले स्थानीय तहदेखी जिल्ला सम्म हारको कारण पनि खोजी गर्दै छ ।

 

अहिले स्थानीय तहका कमिटीहरुको बैठक पार्टीको आन्तरिक जीवनका कामहरुको ब्यवस्थापन तथा निर्वाचन हारका कारणमा एमाले पर्सा घनिभूत छलफलमा सहभागि भएको एमाले पर्साका संयोजक प्रभू हजराले बताए । 

 


अहिले बैठकहरु भइरहेका छन कमिटीहरुको गठन र पूर्नगठन भइरहेको छ संयोजक हजराले भने यो क्रम सकिने बित्तिकै प्रशिक्षणको कार्यक्रम शुरु गरिने छ ।

 

बिचारले प्रशिक्षीत कार्यकर्ताको अभावमा बदलिदो परिवेशमा जनताको  वीचमा स्थापित हुन कठिन रहेको एमालेले बुझेको छ । प्रशिक्षीत कार्यकर्तामा आधारित पार्टीको रुपमा चिनिएको एमालेमा अहिले बैचारिक पक्ष कमजोर भएकोमा उतिकै चिन्ता समेत गर्न थालिएको छ ।

 

धेरै जसो प्रतिपक्षीय राजनीतिमा रमेको एमाले त्यसका कार्यकर्ताको मनोबिज्ञान समेत प्रतिपक्षीय भएकोले कार्यकर्ता पंक्ति जुझारु रहेको बुझन कठिन छैन ।  

 

तर अहिले एमाले सत्तापक्षीय पार्टी नै शासकीय भएपछिको अवस्थामा जनताले पाउने सेवाको प्रभावकारिता कसरी कायम गर्ने नयाँ अनुभूती कसरी गराउन सकिन्छ भन्नेमा एमाले नेतृत्वको ध्यान केन्द्रीत भएको भएको एमालेका पोलिटब्यूरो सदस्य एवं प्रदेश २ का सह संयोजक नागेन्द्र चौधरीले बताए । 

 


यसैक्रममा एमालेको पर्सामा छिपहरमाई ,ठोरी,जिराभवानी ,पर्सागठी र जगरनाथपुर  गाउँपालिकाको पार्टी कमिटीको बैठक सम्पन्न भएको छ ।

 

सबै बैठकहरुमा पार्टीका पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरी पर्सा इन्चार्ज रामचन्द्र साह नेता बालगोपाल थापा पूर्व सासदहरु पर्साका पार्टी संयोजक प्रभूहजरा लगायतको सहभागिता रहने गरेको छ ।


बैठकको क्रममा जगरनाथपुर गाउँपालिकामा माधव महतो कोईरीको अध्यक्षमा ३१ सदसीय  गाँउपालिका कमिटी समेत गठन भएको छ ।

 

भेलाले पार्टी भित्रको नव प्रवेशीको सुचि तैयार गरी पार्टी भित्र व्यवस्थापन गर्ने र  गाँउपालिका भित्र हुने बिकास निमार्णको कार्यमा पार्टीबाट रचनात्मक भुमिका निवाह गर्ने निर्णय गरिएको  एमाले पर्सा संयोजक प्रभु हजाराले जानकारी दिए  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.