logo

हारको समिक्षा र बैचारिक जागरणको अभियानमा ब्यस्त पर्सा एमाले 

      3/26/2018 गते 00 00 मा प्रकाशित     1455   पटक पढिएको

बीरगंज १२ चैत्र ।  नेकपा एमाले पर्सा पार्टी निर्माणको अभियानमा सक्रिय भएको छ । भर्खर सम्पन्न तीनवटै निर्वाचनमा हार ब्यहोरेको एमालेले स्थानीय तहदेखी जिल्ला सम्म हारको कारण पनि खोजी गर्दै छ ।

 

अहिले स्थानीय तहका कमिटीहरुको बैठक पार्टीको आन्तरिक जीवनका कामहरुको ब्यवस्थापन तथा निर्वाचन हारका कारणमा एमाले पर्सा घनिभूत छलफलमा सहभागि भएको एमाले पर्साका संयोजक प्रभू हजराले बताए । 

 


अहिले बैठकहरु भइरहेका छन कमिटीहरुको गठन र पूर्नगठन भइरहेको छ संयोजक हजराले भने यो क्रम सकिने बित्तिकै प्रशिक्षणको कार्यक्रम शुरु गरिने छ ।

 

बिचारले प्रशिक्षीत कार्यकर्ताको अभावमा बदलिदो परिवेशमा जनताको  वीचमा स्थापित हुन कठिन रहेको एमालेले बुझेको छ । प्रशिक्षीत कार्यकर्तामा आधारित पार्टीको रुपमा चिनिएको एमालेमा अहिले बैचारिक पक्ष कमजोर भएकोमा उतिकै चिन्ता समेत गर्न थालिएको छ ।

 

धेरै जसो प्रतिपक्षीय राजनीतिमा रमेको एमाले त्यसका कार्यकर्ताको मनोबिज्ञान समेत प्रतिपक्षीय भएकोले कार्यकर्ता पंक्ति जुझारु रहेको बुझन कठिन छैन ।  

 

तर अहिले एमाले सत्तापक्षीय पार्टी नै शासकीय भएपछिको अवस्थामा जनताले पाउने सेवाको प्रभावकारिता कसरी कायम गर्ने नयाँ अनुभूती कसरी गराउन सकिन्छ भन्नेमा एमाले नेतृत्वको ध्यान केन्द्रीत भएको भएको एमालेका पोलिटब्यूरो सदस्य एवं प्रदेश २ का सह संयोजक नागेन्द्र चौधरीले बताए । 

 


यसैक्रममा एमालेको पर्सामा छिपहरमाई ,ठोरी,जिराभवानी ,पर्सागठी र जगरनाथपुर  गाउँपालिकाको पार्टी कमिटीको बैठक सम्पन्न भएको छ ।

 

सबै बैठकहरुमा पार्टीका पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरी पर्सा इन्चार्ज रामचन्द्र साह नेता बालगोपाल थापा पूर्व सासदहरु पर्साका पार्टी संयोजक प्रभूहजरा लगायतको सहभागिता रहने गरेको छ ।


बैठकको क्रममा जगरनाथपुर गाउँपालिकामा माधव महतो कोईरीको अध्यक्षमा ३१ सदसीय  गाँउपालिका कमिटी समेत गठन भएको छ ।

 

भेलाले पार्टी भित्रको नव प्रवेशीको सुचि तैयार गरी पार्टी भित्र व्यवस्थापन गर्ने र  गाँउपालिका भित्र हुने बिकास निमार्णको कार्यमा पार्टीबाट रचनात्मक भुमिका निवाह गर्ने निर्णय गरिएको  एमाले पर्सा संयोजक प्रभु हजाराले जानकारी दिए  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.