logo

सडकबाट ऐन कानुन बनाउन खोज्नु कत्तिको प्रजातान्त्रिक अभ्यास हो

      7/9/2018 गते 00 00 मा प्रकाशित     1553   पटक पढिएको

एकातिर देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र छ । जन निर्वाचित संसद छ । भारी मतभार बोकेको सरकार पनि छ ।

जनमत एकातिर छ । संविधान पनि बनेको छ ।  अहिले के.सी. को नामबाट वा अधिकारीको नामबाट वा माइतिघर मण्डलाको नामबाट बालहठ गर्दै कानुन हातमा लिॅदै हुनुहुन्छ । एउटा सरकारी जागिरेले गरेको यो मुर्ख्याई र बालहठका पछि लागेर सडकबाट ऐन कानुन बनाउन खोज्नु कत्तिको प्रजातान्त्रिक अभ्यास हो मैले बुझिॅन ।

 

एउटा जागिरे मान्छे, उसको लिॅढे ढिपी, अनि त्यो बहुलठ्ठी लिॅढे ढिपिका पछिपछि हाहा र हो हो गर्दै कुद्ने विवेकशिल साझा वा चिकित्सक वा अधिकारकर्मी वा नागरिक समाजले  सडकबाट ऐनकानुन बनाउने हो भने त्यो निर्वाचन किन चाहिएको थियो, सांसद किन चाहियो, सदन किन चाहियो, राजनैतिक व्यबस्था किन चाहियो । बरू ति के सी भनिएका डाक्टर सावले जागिरबाट तुरून्त राजिनामा दिउन् एउटा पार्टी खोलुन् ।

 

अव पॉच वर्षसम्म राजनीति गरून् । अनि चुनावमा उठुन् र जनमत लिउन् अनि उनलाई जस्तो जस्तो स्वास्थ्य तथा शिक्षा ऐन बनाउन मनलाग्छ बनाउन् । कुन कुन मेडिकल माफियालाई तह लगाउन मन लाग्छ तह लगाउन् । कुन कुन गरिव जनताका छोराछोरीलाई निशुल्क एम बी बी एस वा एम डी गराउनु छ गराउन् । हैन भने  स्लाइन पनी चढाएर, अक्सिजन लिएर, मेडिकल कियरमा बसेर हस्पिटलमा अनसनको नाटक नगरून् ।

 

उनी नेता हुन् कि सरकारी जागिरे डक्टर हुन् । हिजोसम्म अनसनमा बसेर अधिकारी मर्दा वा के सी ले तथाकथित अनसन बस्दा आज आन्दोलनमा हाहा होहो गरेर अराजकता निम्त्याउने महासयहरू कहॉ कता हुनुहुन्थ्यो । के तपाईहरूले भनेको  कुरा मान्दिनु पर्ने भारी जनमत भएको सरकारले  ? यदि चित्त बुझ्दैनथ्यो भने अस्ति चुनावमा हराउनु पर्थ्यो ओलीलाई, प्रचण्डलाई, वा तिनीहरुको पार्टिलाई ।

 

अस्ति चै नहराउने भारी मत दिने अनि एक वर्ष नपुगी काम नहेरी काम गर्न नदिई हावाको भरमा सत्तोसराप गर्ने र के सी को अराजकतालाई हाहाहोहो गरेर साथ दिने तपाईहरू कसरी चिकित्सक हो कसरी विवेकशील हो कसरी अधिकारकर्मी हो र कसरी नागरिक समाज हो ? काठमण्डौमा बसेर नाना थरीका नाटक देखाउने नाटककारहरू हो यहॉहरू ।

 

म कसैको भक्त वा समर्थक वा विरोधि होइन । म कर्म र मेहनतमा विश्वास गर्ने एउटा नागरिक हुॅ । मैले पनि सरकारले गरेका गल्ति र सरकारले गरेका चित्त नबुझेका कामको फेहरिस्त वा टिपोट गर्दैछु ।

 

अब चार वर्षसम्म टिपोट गर्छु । चुनाव आएपछि ति फेहरिस्त प्रयोग गर्छु । सरकारले धेरै सपना बॉडेको छ । यध्यपि मलाई विश्वास छैन । तर के के गर्दो रहेछ चुपचाप हेर्दैछु । ए काठमाडौॅका सुविधाभोगी सुकिलामुकिला पढेलेखेका भनाउॅदाहरू हो पॉच वर्ष पर्खेर हेर्न सक्दैन । माफिया तिमीहरू हौ कि सरकार हो ?  पॉच वर्ष चुपचाप लागेर आआफ्नो काम गर त्यस पछि जे जे गर्न मनलाग्छ गर ।

 

कान खोलेर  सुन सरकार, काग कराउॅदै गर्छ, पिना सुक्दै गर्छ, कुकुर भुक्दै गर्छ, हात्ति लम्किॅदै गर्छ, आफुले आॅटेको र सोचेको काम गर्दै जा । कोहि कराएर र भोकै बसेर मर्छन् भने मर्दै जान्छन् । हिजो नन्दप्रसाद अधिकारी पनि मरेकै हुन् । उनी मर्दा कुनै नकचरालाई लाजसरम भएन त ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.