logo

मध्यतराईमा जाडो ,शीतलहर र हुस्सुका कारण जनजीवन कष्टकर 

      12/18/2019 गते 00 00 मा प्रकाशित     1614   पटक पढिएको

वीरगञ्ज २ पुष । पर्सा, बारा लगायत मध्य तराईका जिल्लाहरूमा मगलबार बिहानै देखि घाम नलागेका कारण चिसो बढेर जनजीवन प्रभावित भएको छ ।

 

तराईका जिल्लाहरुमा अत्यधिक रुपमा बढेको शीतलहर र हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ । चिसो र शीतलहरले मान्छेहरु बाहिर हिँडडुल गर्न सकेका छैनन् । 


मौसम परिवर्तन भएसँगै आज देखि एक्कासी बढेको शीतलहर तथा बाक्लो हुस्सुका कारण पर्सा सहित तराईको जनजीवन कष्टकर  बनेको छ । विशेषगरी बारा, पर्सा, रौतहट, जिल्लावासी प्रभावित भएका छन् ।

चिसो हावाका कारण पर्सा सदरमुकाम वीरगञ्जको बजारमा चहलपहल निकै घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको छ ।

 

शीतलहरले चिसो बढेपछि बजारमा चहलपहल निकै घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घर बाहिर निस्कनसमेत समस्या भएको छ । चिसो छल्न ठाउँठाउँमा दाउरा बाली आगो ताप्ने क्रम बढेको छ भने चिसोकै कारण सवारीसाधनमा यात्रुको चाप घटेको छ ।


अत्यधिक चिसोका कारण विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या पनि न्यून भएको छ । जाडो बढेका कारण न्यानो लुगाको बिक्रीमा एक्कासि वृद्धि भएको छ ।

 

त्यसैगरि वासिङ मेशिन र हिटर तथा पानी तताउने यलेक्ट्रनिक्स बस्तुहरुको बिक्री समेत बढेको छ । केहि दिन अगाडि तराईका जिल्लाहरू वर्षा भऐकोले चिसो बढेको छ ।

अचानक चिसो बढ्दै मौसममा परिवर्तन आउँन थालेपछि दैनिक ज्याला मजदुरी गरि जिविका पार्जन गर्ने सर्वसधारणहरु पनि प्रभावित भएका छन् । चिसो र शीतलहरले गर्दा बाहिर हिँडेर काम गर्न सर्वसधारण मजदुरीलाई पनि समस्या भएको छ । 


चिसोले विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन । बिरामी हुने क्रम पनि बढेको छ । बूढाबूढीमा दम, खोकी, ज्वरो र भाइरलको समस्या देखिएको छ ।  आज बिहानै देखि एक्कासि चिसो बढेको कारण साना नानी विद्यालय जान नमान्ने र चिसोको कारण नसक्ने अवस्थासमेत रहेको छ ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.