logo

इतिहास,राजनीति र जनादेशले भागेर होइन सामाना गरेर अघि बढ्न सिकाएको छःमंत्री भट्टराई

      3/28/2020 गते 00 00 मा प्रकाशित     1410   पटक पढिएको

काठमाडौं १५  चैत । सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि आक्रमण शुरु भएको बताउनु भएको छ  । मन्त्री ढकालमाथि कोरोना भाइरसको समयमा पनि स्वास्थ्य सामग्री किन्न अनियमिता गर्ने गरी काम गरेको आरोप लागेपछि मन्त्री भट्टराईले सामाजिक सञ्जालमा ११ बुँदे वक्तव्य सार्वजनिक गर्दै महामारीविरुद्ध सरकारी संयन्त्र परिचालित भएका बेला ‘धमिलो पानीमा जाल थाप्नेहरु’ सल्बलाएको टिप्पणी गर्नु भएको हो ।

‘हाम्रो इतिहास, हाम्रो राजनीति र जनादेशले हामीलाई भागेर होइन । सामना गरेर अघि बढ्न र सफल हुन सिकाएको छ । यस्तो अवस्थालेख्नु भएको छ , ‘त्यसलाई कामबाट जवाफ दिइने छ र जनस्तरबाट त्यसको भण्डाफोर हुनेछ । ‘कहिले को माथि त कहिले को माथि आक्रमण गर्ने गिरोहले अहिले स्वास्थ्यमन्त्रीमाथि आक्रमण शुरु गरेका छन् । उनीहरुको नियत र स्वार्थ सबैले बुझ्नुपर्छ  । हामी सबै तोकिएका जिम्मेवारी पूरा गर्दै स्वास्थ्यमन्त्रीको अगुवाईमा स्वास्थ्य मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम सफल पार्न प्रतिबद्ध छौं ।’

आपतकालीन परिस्थितीमा हतारमा काम गर्नुपर्दा केही कमजोरी भएको हुनसक्ने भन्दै आगामी दिनमा कमजोरी सच्याएर अघि बढ्ने समेत मंत्री भट्टराईले प्रष्ट पार्नु भएको छ । 

मन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको ११ बुँदे वक्तव्यः

१। यो विश्वकै लागि अस्वभाबिक र अप्रत्यासित थियो र नेपालका लागि पनि ।

२। स्वास्थ्य क्षेत्र अत्यन्तै बलियो भएका र सबै हिसाबले सम्पन्न राष्ट्रलाई समेत हम्मे हम्मे परिरहेको छ ।

३। एउटा बिकाशोन्मुख र सार्वजनिक तथा निजी क्षेत्रको क्षमता सानो आकार र दायरामा रहेको हाम्रो जस्तो मुलुकका लागि झनै गम्भीर अवस्था हो ।

४। सम्माननीय प्रधानमन्त्रीज्यूको प्रतक्ष निर्देशनमा उपप्रधान मन्त्री माननीय ईश्वर पोखरेलको अध्यक्षतामा रहेको उच्च स्तरीय समितिले राज्यका तिनै तह, सरकारी तथा गैर सरकारी र निजी क्षेत्र अनी अन्तरास्ट्रिय समुदायसँग समेत समन्वयमा हरसम्भब उपायकासाथ काम गरिरहेको छ ।

५। परिस्थिती अत्यन्तै जटील रहेको र ईमर्जेशी शैलीमा काम गर्नु परेकाले केही गल्तीर कमजोरी हुनसक्ने अवस्थालाई नकार्न सकिदैन । त्यसलाई आत्मासत गर्दै सच्याउदै अघि बढ्न हामी सबै प्रतिबद्ध छौ ।

६। हाम्रो ईतिहास, हाम्रो राजनीति र जनादेशले हामीलाई भागेर होईन बरु सामना गरेर अघि बढ्न र सफल हुन सिकाएको छ । हामी ठिक यहि बाटोमा छौ ।

७। यस्तो अवस्थामा स्वार्थी राजनीतिका घिनौला सुंड यत्र तत्र घुसार्ने कोशिस गरेको देखिन्छ । त्यसलाई कामबाटै जवाफ दीइने छ । जनस्तरबाटै त्यसको भण्डाफोर हुनेनै छ ।

८। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कर्मचारी र निजी क्षेत्रबाट आफुलाई जोखिममा राखेर पनि अहोरात्र खटीरहनु भएको छ । वहाँहरु सबैको प्रशंसा गर्दछु । वहाँहरुको थप हौसलाका लागि सरकारले बिभिन्न प्याकेज घोषणा गरेको छ । धमिलो पानीमा जाल थाप्नेहरु उनीहरुलाई भड्काउन कोशिस गर्दैछन् । सबै होसियार हुनु पर्दछ । आफ्नो जिम्मेवारी छोड्नु हुँदैन ।

९। उपकरण तथा औषधीको आपुर्ती र बितरणमा स्वास्थ्य मन्त्रीज्युको अगुवाईमा सरकारी तथा निजी क्षेत्रका सबै निकायहरुले गम्भीरतापुर्बक काम गरिरहेको अवस्था छ । अब यसमा छिट्टै सहजता आउने छ ।

१०। कहिले को माथि त कहिले को माथि आक्रमण गर्ने गिरोहले अहिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाल माथि आक्रमण शुरु गरेका छन् । उनीहरुको नियत र स्वार्थ सबैले बुझ्नु पर्दछ । हामी सबै तोकिएका जिम्मेवारी पुरा गर्दै स्वास्थ्य मन्त्रीको अगुवाईमा स्वास्थ्य मन्त्रालयले अघि सरेका नीति तथा कार्ययोजना सफल पार्न प्रतिबद्ध छौ ।

११। आज सिगो राष्ट्र र मानवजाति सभ्यताको रक्षाका लागि एक छ र एक रहने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.