काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको विषयमा प्रदेश सरकार गैरजिम्मेवार भएको आरोप लगाएका छन् ।
शनिवार सामाजिक संजाल फेसबूकमार्फत आफ्नो धारणा राख्दै अध्यक्ष साहले प्रदेश सरकारभन्दा पनि स्थानीय सरकार अग्रभागमा रहेको र प्रदेश सरकारले आफ्नो बजेट अन्य तहलाई दिएर पन्छिन खोजेको बताउनु भएको हो ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा प्रदेश २ सरकार पुरै उदासीन देखिएको छ उहाँ लेख्नुहुन्छ “ यस महासंकटको घडीमा आफ्नो मातहतको संरचना मार्फत अग्रभागमा रहेर तयारीको काम युद्धस्तरमा अगाडि बढाउनुपर्नेमा प्रदेश २ सरकार अनुदान दाताको भूमिकामा मात्र सीमित छ ”।
गाउँपालिका र नगरपालिका तथा संघ मातहतका जिप्रका, प्रहरी, जेललगायतका निकायलाई आफ्नो बजेट बाँड्ने तर आफु भने केही पनि देखिने काम नगर्ने प्रदेश सरकारको रवैया महाराज शैलीको देखिन्छ ।
प्रदेश सरकारले आफु जिम्मा लिएका ५ वटा सुविधा सम्पन्न अस्पताल समेतमा तयारीको कार्य शुन्य बराबर भएको हेर्दा प्रदेश २ सरकार कति गैरजिम्मेवार छ भन्ने कुरा प्रष्ट हुन्छ ।
भारतसंग रोटीबेटीको परस्पर सम्बन्ध एवं खुल्ला सिमाका कारण पनि अन्य प्रदेशको तुलनामा यो प्रदेश थप जोखिमयुक्त र विशेष संवेदनशील छ तर विडम्बना संघीय सरकारले उपलब्ध गराएको पिसीआर परिक्षण प्रविधिका अलवा हालसम्म प्रदेश सरकारले कोआरटी पिसीआर ल्याव निर्माण गर्न त परै जाओस् , सामान्यतया यस क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र सरसफाइ कर्मचारीहरूलाई अहिलेसम्म गुणस्तरिय सुरक्षा सामग्री उपलब्ध भएको छैन ।
बाहिरबाट के कति मानिसहरू आए ? त्यसको सहि पहिचानको कुनै तथ्याङ्क छैन । यस्तो गैरजिम्मेवार एवं लाचार स्थितिको तुरन्त अन्त्य होस। यस महाविपदको घडीमा प्रदेश सरकारलाई अग्रभागमा रहेर काम गर्न पूर्वमत्री समेत रहनु भएका अध्यक्ष साहले समाजिक संजाल मार्फत विशेष आग्रह गर्नु भएको छ ।
अध्यक्ष साहले प्रदेश नेतृत्व प्रदेशवासीप्रतिको उत्तरदायित्व बिर्सेको भन्दै चर्को आलोचना गर्दै आउनु भएको छ ।
तपाईको प्रतिक्रिया