logo

त्यसपछि म माथी कोरोना होइन ,म कोरोना माथि हावी हुन थाले 

      8/28/2020 गते 00 00 मा प्रकाशित     3137   पटक पढिएको

बिष्णु पटेल

अस्पतालको प्रशासनीक काम । कहिले काँहा कहिले कता । अस्पताल भित्रै पनि धेरै कुराको चँजो पाँचो मिलाउन पर्दा कति कुराको ख्याल राख्ने कति कुरा यत्तिकै भइजाने यस्तै ।

 

तथापी कोरोना संक्रमणको जोखिममै थियो मैले काम गर्ने नारायणी बयोधा अस्पताल । सचेतता अप्नाउने कुरामा कतिपय अवस्थामा अलिक गम्भिर नै भइन्थयो कहिले काही कामको धुनमा मास्क लगाउने, भौतीक दुरी कायम राख्ने जस्ता कुरा बिर्सिने पनि गरिन्थ्यो । 


कोरोना भाइरसको संक्रमणको बिषयमा जे जति समाचार र  बिचार पढ्ने काम भएको थियो । चिकित्सकहरुले भनेका बिभिन्न अन्र्तर्वाता हेर्दा पनि मलाई अहलक गज्बै लाग्थ्यो । म जस्तो हट्टा कट्टा बलियो बांङ्गोलाई कोरोनाले के छोला र भन्ने पनि लाग्थ्यो ।

 

तर भित्र भित्रै त्यसको भय पनि थियो  । यस्तै माथापच्ची चल्दै गर्दा कन्टयाक्ट ट्रेसिङमा परेपछि थ्रोट स्वाब परिक्षण गराउनु पर्ने भयो । अस्पतालका चिकित्सकहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि म सहित केही साथीहरु बिजयज्योती होटेलमा क्वारेन्टिन भयौ ।

 

क्वारेन्टिनमा बसेको १२ औ दिनको दिनमा परिक्षणको रिजल्ट आयो ।रिपोटनै आउन त १२ दिन लागेको होइन ।  म मा कोरोनाको संक्रमण देखियो । म मा रुघा खोकी, ज्वरो ,छाती दुख्ने श्वास प्रश्वासमा समस्या हुने झाडा वान्ता लाग्ने त्यस्तो कुनै पनि लक्षण देखिएको थिएन ।

 

 तै पनि कोरोनाको संक्रमण पुष्टि भएपछि म छांगाबाट खसे । मेरो शरीर थरर काम्यो । ज्यान त लल्याक लुलुक भयो । म जस्तो बलिष्ठ मान्छेको शरिर त्यसरी खुत्रुक्कै गल्छ जस्तो मलाई नै लागेको थिएन । मेरो शरिरको यो खाले प्रतिक्रियाले मेरो मनमा म अव बाच्दिन कि भन्ने सम्मको बिचार आयो ।

 

निकै डर लाग्यो । एक क्षणमा घर परिवार नाता गोता आफन्त इष्टमित्र सम्झिन थाले । फल्यासब्याक सिनेमाको रिल घुमे झै घुम्न लाग्यो । अहिले सम्म भोगेका बुझेका सबै अतित दृश्य बनेर मासपटलमा नाच्न थाल्यो । अब जीन्दीगको लिला यही सम्म लेखेको रहेछ भन्नेमा मन पुग्यो ।

 

म संक्रमीत भएको घर परिवारका मान्छेले पनि थाहा पाउनु भयो क्यारे । मलाई फोन गर्नु भयो । परिवारका सदस्यहरुको फोन आएपछि मलाई डाको छोडेर रुन मन लाग्थ्यो । अभिभावकको अंगालमो बेरिएर रुन पाएपनि हुन्थ्यो जस्तो  लाग्थ्यो । कोरोनाको संक्रमणमा परेपछि न देख भेट न अन्य केही झन मनै कमजोर भएर आउथ्यो । 

 


संक्रमीत भइसके पछि म संग अन्य बिकल्पहरु केही थिएनन । जसरी निर्देशन आउथ्यो त्यसको पालनाको मानसिक तयारीमा रहे । अव नहुनु कोरोना संक्रमण भइसकेको छ । हरेस खान हुदैन भन्ने पनि लाग्यो । त्यतीबेलै सामाजिक संजाल हेर्न थालेको थिए ।

 

साथीहरुको, अग्रज र मलाई माया गर्नुहुने महानुभावहरुको सामाजिक संजालमा मलाई हौसाला बुलन्द राख्न आग्रह गर्दै सन्देशहरु प्रवाह गसिक्नु भएको थियो । म त्यही होटेलमा आइसोलेट भए ।  वतावरणले मलाई थोरै हिम्मतीलो बनाउदै लगेको थियो । निकै सोचमग्न हुन थाले म एक्लै मात्र त होइन, म जस्ता थुप्रै संक्रमीतहरु छन । धेरै जसो निको पनि भएका छन ।

 

 यस्तै कुरा मनमा आउन थाले साथीहरुको सन्देश निरन्तर आइरह्यो । आफन्तजन, अग्रजहरुबाट समाजिक संजालमा म प्रति देखाइएको माया भाव र स्नेहले मलाई  कोराना परास्त गर्न सक्छु भन्ने आत्मबल ह्वात्तै बढाइदियो । साथीहरुले खाने कुराहरु होटेल सम्मै पठाइदिए । पहिलो दिन निकै अप्ठयारोमा परेको म त्यसपछि म माथी कोरोना होइन म कोरोना माथि हावी हुन थाले । 


औषधीहरु थियो नै । १४ दिनको आइसोलेशन बसाई पछि म घर फर्किएको छु । केही दिन घरमै म क्वारेन्टिनमा बस्नु पर्ने छ । बितेको २६ दिन मैले जसरी ब्यतित गरे मलाई लाग्छ त्यो नै एउटा जीवन हो । जति भोगे त्यती राम्रोसं अभिब्यक्त गर्न पनि आउदैन ।

 

यो बेला कतिपय आफन्तजन र साथीभाईलाई निकै मिस गरे । कतिपयले मलाई मेरो परिवारलाई अलिक नराम्रो पनि ठान्नु भएको महशुस भयो । समाजमा जे भएपनि त्यसलाई मैले सामना गर्नु पर्ने थियो ।

 

म त्यसकोलागि तयार हुदै गए । साथीहरुको परिवार र आफन्तजनले ममा जुन उर्जाको संचार गराईदिनु भयो । जुन माया र स्नेह दिनु भयो । मलाई लाग्यो उहाँहरुको जीवनमा मेरो उपस्थिति महत्वपूर्ण छ । अनी मैले पनि कोरोना जित्ने प्रण गरे । जीवनशैलीलाई त्यसै गरि ढाले ।

 

चिकित्सकहरुको सल्लाह उहाँहरुको सुझावलाई जीवन पद्धती बनाए । कोरोना संक्रमण पछिको १४ दिनको जीवनशैली निकै ब्यवस्थित बनाए जस्तो आफूलाई पनि लाग्छ । 


बिहान उठयो नित्य कर्म सकेपछि केरा, तातोपानी दुध बेसार पिउने गर्थे । खानामा प्राय मासु भइनै रहन्थ्यो । दाल भात तरकारी यही सामान्य घर भान्छाकै कुरा खाइयो ।

 

 १४ दिनको लामो द्विपक्षीय युद्धमा कोरोनाले युद्ध बिराम गरेको छ । उसले लड्ने ताकत सकिएकोले मेरो शरिरबाट निस्कने निर्णय गरेर हिडेको छ । म अव यसलाई फेरि पनि र्फिकन नपाउने गरि  यो युद्ध बिरामलाई दीर्घकालिन युद्ध बिराममा रुपान्तरण गने प्रतिवद्धता सहित घर फर्किएको छु  ।

 


मलाई कोरोनालाई जित्नकालागि जुन उत्साह आँट र भरोसा संकटको बेलामा परिवार आफन्तजन चिकित्सक स्वस्थ्यकर्मी, सफाइकर्मी  संचारकर्मी र मेरा आत्मिय मित्रहरुले प्रदान गर्नु भयो ।

 

मलाई लाग्छ याहाहरुको यही उत्साह आँट र मनोवल बढाउनकालागि गर्नु भएको पहलकदमी मेरोलाई कोरोना बिरुद्धको भ्याक्सिन बन्यो । संकटको यो घडीमा मलाई माया गरेर जीवन जीउन अभिप्रेरीत गर्ने सबैलाई मनैदेखि आभार तथा कृतज्ञता ज्ञापन गर्दछु । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.