logo

पर्सामा बाम गठबन्धनको अवस्था सुदृढ 

पर्सामा बाम गठबन्धनको अवस्था सुदृढ बनेको छ । गठबन्धनका कारण मतदातामा उत्साह समेत संचार भएको छ ।

12/4/2017

लड्ने मधेसी, टिकट पाउने श्रीमती

पहिलो मधेस आन्दोलनमा कांग्रेस छोडेर फोरममा लागे । त्यसपछि निरन्तर मधेसका लागि संघर्ष गरिरहे । पछिल्लो ६ महिनाको नाकाबन्दीमा दिनहुँ वीरगन्ज रक्सौल नाकामा धर्नामा बसे । तर, जब पार्टीबाट टिकट दिने बेला आयो तब श्रीमतीलाई दिइयो । आफूलाई मसिहा भन्नेहरु तेल तस्करी गरे । पैसा लिएर ड्राइपोर्टबाट ट्रक काठमाडौँ पुर्‍याए ।

12/4/2017

वीरगन्जलाई विहारीकरण हुनबाट जोगाऔँ

संघीय समाजवादी फोरम नेपालबाट वीरगन्ज महानगरपालिकाको मेयरमा निर्वाचित भएका विजय कुमार सरावगीले आफू चढ्ने गाडीमा मेयर वीरगन्जको नेम प्लेट लगाएका छन् । सामाजिक सञ्जालदेखि लिएर वीरगन्जको प्रवुद्ध वर्गमा उक्त नेम प्लेटलाई लिएर अझैपनि अनेक टिका टिप्पणी हुने गरेको छ ।

12/2/2017

वीरगन्जको वैभव रुंगटाले फर्काउने

नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटाको पक्षमा चुनावी माहौल बन्दै गएको छ । पछिल्लो समय उनको चुनावी अभियानमा कांग्रेसजन मात्र नभई तटस्थ र अन्य दलका मतदाता समेत जुट्न थालेका छन् ।

12/1/2017

मधेसको बाकी माग पनि कांग्रेसले नै पुरा गर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रसले मात्र मधेसी जनताको चाहना अनुसार संविधान संशोधन गर्ने दावी गरेका छन् । वीरगन्जमा विहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका सभापति समेत रहेका देउवाले नेपाल र मधेसको मुहार फेर्नका लागि कांग्रेसले नै जित्नुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री देउवाले संविधानका कमीकमजोरी सुधारेर मधेसी जनताको चाहना र भावना अनुसार संविधान संशोधन गर्न एमालेले नमानेको बताए ।

12/1/2017

जीप दुर्घटनामा चारको मृत्यु

कालीकोट, १३ मंसिर (रासस): खांडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा आज बिहान भएको बलेरो जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ । 

11/29/2017

संकल्प पत्र मार्फत जनता ढाँट्दै ठेकेदार रौनीयार

०७३ चैत ८ गते सम्म ठेकेदार हरिनारायण रौनीयार नेपाली कांग्रेसमा आवद्ध थिए । जतिवेला उपेन्द्र यादवको हातबाट उनले टिका लगाईरहेका थिए । उद्धघोषकले कांग्रेस परित्याग गरि हरि नारायण रौनीयार संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको घोषणा गरिरहेका थिए ।

11/29/2017

मतदाता भन्छन, मधेशी जनताको प्रगतीको बाधक रौनीयारलाई चिनेका छौ 

बीरगंज १२ मंसिर । मधेशीले अधिकार नपाएको भन्दै अधिकार दिलाउन चुनावी मैदानमा उत्रिएका ठेकेदार रौनीयारको मधेशप्रेम पनि नक्कली भएको खुलाशा भएको छ ।

11/28/2017

तर्कले नसकेपछि हुलहुज्जतमा उत्रे फोरमका कार्यकर्ता

वीरगन्जको माइस्थान स्थित गहवा माई मन्दीर अगाडि सोमबार रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा तर्क र विचारले प्रतिवाद गर्न नसकेपछि संघीय समाजवादी फोरमका कार्यकर्ता हुलहुज्जतमा उत्रे ।

11/27/2017

आचार संहिता उल्लघंन गर्दै धर्मशाला शिलान्यास

वीरगन्ज १० मंसिर । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले वडा नम्बर १६ नगवाको गणेश टोलमा शनिबार धर्मशाला शिलान्यास गरेका छन् ।

11/26/2017

मापसे प्रवद्र्धन गर्दै प्रहरी, मेयरको दबाबमा वर्णवाल छुटे

वीरगन्ज १० मंसिर । सडक दुर्घटना न्युनीकरण गर्न नेपाल प्रहरीले मुलुकभर मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कारवाही अभियान चलाएको छ ।

11/26/2017

आत्मबल कमजोर भएपछि विदेशी सांसदको सहारा

पछिल्लो केही दिनयता पर्सा क्षेत्र नम्बर एकमा भारतीय जनता पार्टीका एक सांसद चुनावी प्रचारमा जुटेका छन् । संघीय समाजवादी फोरम नेपालबाट पर्सा क्षेत्र नम्बर एकका उम्मेदवार प्रदीप यादवको चुनावी सभामा भारतीय जनता पार्टी (भाजपा) का मुज्जफरपुरका सांसद अजय निसाद सहभागि भएका छन् ।

11/25/2017

सरावगीप्रति फोरम भित्रै अविश्वास रुंगटासंगको सम्बन्ध विगार्ने प्रयास

विजय सरावगी र अनिल रुंगटा दुवैजना वीरगन्जका प्रतिष्ठित उद्योगी व्यवसायी हुन् । पछिल्लो समयमा दुवैजना राजनीतिक क्षेत्रमा पनि सक्रिय रहेका छन् । व्यापारिक घरानाबाट राजनीतिमा आएका दुवैजना अहिले अलग अलग पार्टीमा रहेका छन् । सरावगी संघीय समाजवादी फोरम नेपालका प्रदेश नम्बर २ का कोषाध्यक्ष तथा हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट वीरगन्ज महानगरको मेयरमा पनि निर्वाचित भएका छन् ।

11/24/2017

वीरगन्जको सडकमा चौपायाको रजाई, मेयर चुनावी अभियानमा व्यस्त

वीरगन्ज महानगरपालिको मूख्य सडकमा अहिले छाडा चौपायाको रजाई भएको छ । घन्टाघर, माईस्थान, आर्मी व्यारेक, पानी ट्यांकी, मुर्ली, आदर्शनगर लगायतका क्षेत्रको मूख्य सडकमा विहान १० बजेदेखि साझ अबेरसम्म चौपाया (गाईवस्तु) बस्ने गरेका छन् ।

11/24/2017

स्वास्थ्यचौकी भवन समुदायलाई हस्तान्तरण, स्थानीयमा खुशी

बीरगंज ७ मंसिार ।पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ मा रहेको स्वास्थ्यचौकी भवन समुदायलाई हस्तान्तरण भएको छ ।

11/23/2017

कांग्रेस नै मधेसको सच्चा पार्टी – नेता अनिल रुंगटा

पर्सा क्षेत्र नम्बर एकका कांग्रेसका उम्मेदवार अनिल रुंगटाले मधेस र राष्ट्रको हितमा काम गर्ने एकमात्र पार्टी कांग्रेस भएको बताएका छन् । समाजमा सफल उद्योगी मात्र नभई असल व्यत्तित्वको छवि बनाएका रुंगटाको चुनावी अभियानमा जनलहर देखिएको छ ।

11/23/2017

बिनासका बाहक रौनीयारको बिकासप्रेम नक्कली भएको खुल्दै

बीरगंज ७ मंसिर । राज्यले पटक पटक दण्डित गरेको निर्माण कम्पनी पप्पु कन्ट्रक्शनका प्रवन्ध निर्देशक हरिनारयण रौनीयार बिकास र मधेशको अधिकार आफनो एजेण्डा भन्दै जनता झूक्याउन तल्लिन छन् ।

11/23/2017

नाकामा ६ महिना बसेका कार्यकर्ता भन्छन् – तेल तस्करीका कारण मधेसको माग पुरा भएन्

दुई साता पछि हुन लागेको निर्वाचनमा आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न मधेस केन्द्रीत दलका केही नेताले अनेक हतकन्डा अप्नाइरहेका छन् । मधेस आन्दोलनको मार्मिक तस्बिर र भिडियो पुन सार्वजनिक गरी जनताको भावना भजाउने प्रयास गरिरहेका छन् ।

11/22/2017

देशभर अब डेढ सय मन्त्री !

संघीय व्यवस्थामा बन्ने केन्द्र सरकार र प्रदेश सरकारमा गरी नेपालमा मन्त्रीको संख्या अब करिब १ सय ५० हुने देखिएको छ । केन्द्र सरकारमा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री तथा सहायकमन्त्री तथा प्रदेश सरकारमा मुख्यमन्त्रीसहित राज्यमन्त्री तथा सहायकमन्त्री गरी देशभर मन्त्रीको संख्या अधिकतम १ सय ५० हुने देखिएको हो । संविधानतः यसभन्दा कम संख्यामा मन्त्रिमण्डल गठन गर्न सकिने भए पनि आकांक्षीको व्यवस्थापन गर्नुपर्दा अधिकतम संख्या नै पुग्ने देखिन्छ । मन्त्रीको संख्या बढेसँगै सरकारको खर्चमा पनि ठूलो चाप पर्ने देखिन्छ । तर, अहिलेकै स्थितिमा सरकारी खर्च धान्न मुस्किल भइरहेका परिप्रेक्ष्यमा सरकारको लागी संघीय खर्चको जोहो गर्नु चुनौतीपूर्ण हुनेछ । 

11/22/2017

पोष्टर च्यात्नेहरुले जनताको मन च्यात्न सक्दैनन - उम्मेदवार अन्सारी

बीरगंज ५ मंसिर ।वामगठबन्धनका उम्मेदवारहरुको ब्यानर, पोष्टर च्यातिएको भन्दै वामगठबन्धनले आपत्ती जनाएको छ ।

11/21/2017

सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

जनता सडकको सर्भे शुरु, वडाध्यक्ष गैरेले दिए धन्यवाद

वीरगंज । जनता सडक (जीतपुर–सोनबर्‍र्षा सुवर्णपुर खण्ड) मर्मत तथा कालोपत्रे कार्यका लागि नापी (सर्वेक्षण) प्रक्रिया आजबाट औपचारिक रूपमा सुरू भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय पर्साले दिएको जानकारीअनुसार आगामी दुई महिनाभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण कार्य अघि बढाइनेछ।

गोलबजारको विद्यालयमा अध्यक्षको मनोमानी,स्थानीय आक्रोशित

सिरहा । विद्यालयजस्तो संवेदनशील शैक्षिक क्षेत्रलाई निजी कार्यक्रम सञ्चालनको स्थल बनाइएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.