logo

सबै दल समेटेर निर्वाचनमा जाने काँग्रेसको निर्णय

काठमाडौँ, १७ वैशाख । नेपाली काँग्रेसले सबै दललाई समेटेर स्थानीय तहको निर्वाचनमा जाने निर्णय गरेको छ । काँग्रेस संसदीय दलको कार्यालयमा आज बिहान भएको पदाधिकारी एवम् पूर्वपदाधिकारी बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) तथा तराई/मधेस केन्द्रित राजनीतिक दललाई चुनावमा जाने वातावरण बनाउने निर्णय गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।

4/30/2017

संविधान संशोधन उपयुक्त छैनः एमाले

काठमाडौँ, १७ वैशाख । नेकपा ९एमाले० संसदीय दलको आज बसेको बैठकले संविधान संशोधन विधेयक देश र जनताका लागि उपयुक्त नरहेको जनाउँदै त्यसविरुद्ध लाग्न आफ्ना सम्पूर्ण सांसदलाई निर्देशन दिएको छ ।

4/30/2017

संसद बैठक स¥यो, उम्मेदवारी दर्तालाई सहज बनाउन खोजिएको प्रधानमन्त्रीको भनाइ

काठमाडौँ, १७ वैशाख । नेपालको संविधानमा दोस्रो पटक संशोधन गर्न छलफलका लागि डाकिएको व्यवस्थापिका–संसद्को आजको बैठक उक्त विषयमा प्रवेश नै नगरी तीन दिन पछि सारिएको छ ।

4/30/2017

सत्तारुढ र मधेसी मोर्चाको संयुक्त संशोधन प्रस्ताव दर्ता

काठमाडौँ, १६ वैशाख । व्यवस्थापिका–संसद्मा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि सत्तारुढ दल र मधेसी मोर्चाकातर्फबाट संयुक्त संशोधन प्रस्ताव दर्ता भएको छ ।

4/29/2017

संशोधन फिर्ता गरी निर्वाचनमा अघि बढ्न एमालेको जोड

काठमाडौँ, १६ वैशाख । नेकपा ९एमाले०को स्थायी कमिटीको आजको बैठकले व्यवस्थापिका–संसद्मा सरकारका तर्फबाट प्रस्तुत संविधान संशोधन विधेयकलाई फिर्ता गरी राजनीतिक सहमति निर्माण गर्न र घोषित निर्वाचन सम्पन्न गर्ने दिशातर्फ अघि बढ्न सरकारको ध्यानाकर्षण गराएको छ ।

4/29/2017

संविधान संशोधनका लागि ४७ संशोधन प्रस्ताव दर्ता

काठमाडौँ, १६ वैशाख । व्यवस्थापिका–संसद्मा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि ४७ वटा संशोधन प्रस्ताव दर्ता गरिएको छ ।

4/29/2017

निर्वाचनको विकल्प छैन ः मन्त्री थापा

भक्तपुर, १६ वैशाख । स्वास्थ्य मन्त्री गगनकुमार थापाले तोकिएको मितिमा स्थानीय निर्वाचन गर्नुको विकल्प नभएको बताउनुभएको छ ।

4/29/2017

संविधान संशोधनमा सहयोग गर्ने काँग्रेसको प्रस्ताव एमालेद्वारा अस्वीकार

भक्तपुर, १६ वैशाख । नेपाली काँग्रेसले संविधान संशोधन विधेयक पारितका लागि सहयोग गर्न गरेको आग्रह नेकपा (एमाले)ले अस्वीकार गरेको छ ।

4/29/2017

निर्वाचनको बीचमा बजेट ल्याइँदा आचारसंहिता अनुकूल हुँदैन ः आयोग

काठमाडौँ, १६ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको बीचमा नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता अनुकूल नहुने भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

4/29/2017

लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य ः सभापति देउवा

काठमाडौँ, १६ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ ।

4/29/2017

दलीय स्वार्थ त्याग्नुपर्छ ः अध्यक्ष थापा

हेटाँैडा, १६ वैशाख । उपप्रधान तथा सङ्घीय मामिला र स्थानीय विकासमन्त्री कमल थापाले मधेसी मोर्चालाई राष्ट्रिय मूल प्रवाहमा ल्याउनलाई प्रमुख दलले दलीय स्वार्थ त्यागेर विवेकशील भएर निर्णय लिनुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ ।

4/29/2017

सेना परिचालनको निर्णयप्रति फोरमको आपत्ति

काठमाडौँ, १५ वैशाख । स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति सङ्घीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको छ ।

4/28/2017

सर्वदलीय बैठकः मतगणना र बजेट दुई चरणको निर्वाचनपछि

काठमाडौँ, १५ वैशाख । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताको सर्वदलीय बैठकमा दुवै चरणको निर्वाचनपछि बजेट ल्याउने र मतगणना गर्ने विषयमा दल सकारात्मक देखिएका छन् ।

4/28/2017

वीरगन्जको बहुअरीमा माओवादी केन्द्रको भेला

वीरगन्ज, ११ बैशाख । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा आज नेकपा माओवादी केन्द्रको वडा भेला सम्पन्न भएको छ ।

4/24/2017

सभासद आलमद्वारा योजनाको अनुगमन

जीतपुर १० बैशाख । नेकपा एमालेका सभासद नेजमा आलमले जीतपुर सिमरा उपमहानगरपालिका को वडा न  १९ र २० पर्ने इनर्वासिरा निर्माणाधिन योजनाहरुको अनुगमन गरेकी छिन ।

4/23/2017

वीरगन्जमा मधेशी मोर्चाको विरोध प्रर्दशन

वीरगन्ज, ९ बैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले आज वीरगन्जमा विरोध प्रदर्शन कोण सभा सम्पन्न गरेको छ ।

4/22/2017

दलीय चुनाव चिन्ह दलीय सिन्डिकेटले अपहरण ग¥यो ः यादव

वीरगंज ६ बैशाख । संघीय लोकतान्त्रिक मान्यतालाई नेपाली कांग्रेस, नेकपा एमाले र मावोवादी केन्द्रले उपहास गर्दै देशमा चुनाव गराउनकोलागि लागी परेको नेपाल संघीय समाजवादी पार्टीका उपाध्यक्ष राजकुमार यादवले आरोप लगाएका छन ।

4/19/2017

मोर्चाद्वारा जिल्ला निर्वाचन कार्यालय घेराउ

बीरगंज ३ बैशाख संयुक्त लोकतानिन्त्रक मधेशी मोर्चाले पूर्वघोषीत कार्यक्रम अनुसार जिल्ला निर्वाचन कार्यालय पार्समा घेराउ गरेको छ

4/16/2017

एमाले पर्साको ५ सदस्यीय सचिवालय कमिटी गठन

नेकपा एमाले पर्साको बुधवार बसेको बैठकले ५ सदस्यि सचिवालय कमिटी गठन गरेको छ ।

4/12/2017

एमालेको निर्वाचन परिचालन कमिटी गठन

 स्थानीय तहको निर्बाचनको घोषणा सगै नेकपा एमाले बारा चुनाबी अभियानमा लागेको छ ।नेकपा एमालेले मंगलवार जितपुर ( सिमरा उपमहानगरपलिका वडा नम्बर ९ को भेलामा छातापिपरामा सम्पन्न गरेको छ ।

4/11/2017

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.