logo

संसद विघटनको सिफारिश पछि सुरक्षा निकाय ‘हाइअलर्ट’ मा सातै प्रदेशका सुरक्षा निकायलाई कडा निर्देशन

संसद विघटन गर्न मन्त्रिपरिषदले राष्ट्रपति विद्या देबी भण्डारी समक्ष सिफारिस गरेपछि प्रहरीले देशभरि सुरक्षा सतर्कता बढाएको छ । 

12/20/2020

प्रधानमन्त्री ओलीद्वारा संसद विघटनको सिफारिस, प्रचण्ड बालुवाटारमा 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको छ । आज विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाँले संसद विघटनको सिफारिस गर्नुभएको हो । निर्णय अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाईँदैछ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय लिएको हो । प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए । तर प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ ।

12/20/2020

ओझेलमा परेको पर्सागढीलाई प्रचार प्रसार र संरक्षण गर्न सरोकारवालाहरुको जोड

अंग्रेजको फौजलाई पराजित गरी विजय प्राप्त गरेको पर्साको ऐतिहासिक स्थल पर्सागढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबैको चासो र चिन्ता हुनुपर्ने जिल्लाका सरोकारवालाहरुले बताएका छन् । पर्सागढी नगरपालिकाको सहयोगमा होटल तथा पर्यटन व्यवसायी संघ, पर्यटन पत्रकार संघ र नेपाली सेनाको चण्डी प्रसाद गणले हिजो संयुक्त रुपमा आयोजना गरेको पर्यटन प्रवद्र्धनका लागि अवलोकन भ्रमणका क्रममा सरोकारवालाहरुले यस्तो जोड दिएका हुन् ।

12/20/2020

आन्तरिक राजस्व कार्यालय वीरगन्ज करदाता मैत्री नभएको गुनासो

जनताको करबाट राष्ट्रसेवक बनेका कर्मचारीहरु भने राज्यलाई कर तिर्न जाने करदाताहरुप्रति रुखो व्यवहार गर्ने गरेका छन् । करमा जनताको सबैभन्दा बढी पहुँच हुनुपर्ने मुख्य कार्यालय आन्तरिक राजस्व कार्यालय वीरगन्ज नै करदाताहरुको लागि करमैत्री नभएको गुनसो करदाताहरुको छ ।

12/19/2020

जेष्ठनागरिकलाई दृष्टिबिहिन भएर बाँच्नु पर्ने अवस्था आउन दिन हुदैनः प्रमुख सरावगी

  बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले उमेर पुगेका जेष्ठ नागरिकलाई उपचार अभावमा दृष्टिबिहिन भएर बस्ने अवस्था आउन दिन नहुने बताउनु भएको छ ।

12/18/2020

उखु खरिद बापतको करोडौ रुपैया रुपैया किसानलाई भूक्तानी नदिने उधोगपती अग्रवाल गोल्छा र झा बिरुद्ध पक्राउ पूर्जी जारी

उखु किसानको रकम भूक्तानीनदिने चिनीउधोगका संचालक बिरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने संकेत देखिएको छ ।

12/17/2020

मालपोत कार्यालय बीरगंजका निमित्त प्रमुख झा सहित पाँच जना पूर्पक्षकालागि जेल चलान

बीरगंज मालपोत कार्यालयका निमित्त प्रमुख सुमन झालाई पर्सा जिल्ला अदालतले पूर्पक्षकालागि जेल चलानको आदेश गरेको छ।

12/16/2020

बिभिन्न ब्यपारिक प्रतिष्ठानमा प्रहरीको छापा ४० केजी चाँदी , २१ हजार केजी राजस्व छलीको प्याज बरामद

जिल्ला प्रहरी कार्यालय पर्साले एउटा सुन चाँदी पसलमा छापामारी गरेर ४० केजी चाँदी बरामद गरेको छ ।

12/15/2020

कृषि ज्ञानकेन्द्र पर्सामा हाकीम छैनन, किसानको सवाल, हाम्रो पक्षमा जनप्रतिनिधि किन बोल्दैनन 

किसान हक हित संघर्ष समिति पर्साले आफना जनप्रतिनिधिलाई किसानको समस्याको बारेमा किन केही नबोलेको भन्दै प्रश्न गरेका छन ।

12/15/2020

सूचना नदिएर अपारदर्शीता कायम गर्न खोज्ने प्रदेश २ का चार मंत्रालयसंग सूचना आयोगले माग्यो जवाफ

समयमै सूचना उपलब्ध नगराउने प्रदेश २ का चारवटा मन्त्रालयलाई राष्ट्रिय सूचना आयोगले ७ दिन भित्र लिखित जवाफ पठाउन आदेश दिएको छ ।

12/14/2020

निजगढमा बजार अनुमगन, चारवटा पसल उद्योगलाई कारवाही 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले बाराका विभिन्न पसल तथा उद्योगहरुमा अनुगमन गरेको छ । कार्यालयका निमित प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा इलाका प्रहरी कार्यालय निजगढ, निजगढ नगर पालिकाको कार्यालय, निजगढ नगर उधोग वाणिज्य संघ समेतको सँयुत टोलीले निजगढ बजार अनुगमन गर्दा विभिन्न पसल तथा फर्मलाई उपभोत्ता संरक्षण ऐन २०७५ बमोजिम तत्काल जरिवाना गराएको छ ।

12/13/2020

नक्कली कागज बनाएर करोडौको जग्गा पास प्रकरणमा मालपोत कार्यालय बीरगंजका प्रमुख झा पनि समातिए

बीरगंज मालपोत कार्यालयका प्रमुख सुमन झालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । बुधवार बिहान उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको हो।

12/9/2020

जग्गाको कित्ताकाट गर्ने सरकारी निर्णयलाई सर्वोच्चको अंकुश, कित्ताकांट गर्ने सरकारी निर्णय बदर

सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खुला गर्ने सरकारी निर्णयलाई रोकेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गरेको जग्गा कित्ताकाट फुकुवाको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको हो ।

12/8/2020

बाराको बरियारपुरमा औषधी पसलहरुमा अनुगमन मापदण्ड बिपरितका ६ पसल बन्द गरिए

अनधिकृत रुपमा संचालनमा रहेका ६ वटा औषधी पसल तथा उपचार केन्द्रलाई औषधी ब्यवस्था बिभाग बीरगंजले बन्द गरेको छ ।

12/4/2020

नक्कली कागज बनाएर करोडौको जग्गा पास प्रकरणमा ५० लाख बैना गर्ने अग्रवाल पक्राउ

५० करोड बराबरको जमीन नक्कली कागजात बनाएर रजिष्ट्रेशन प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले थप केही ब्यक्तिहरुलाई पक्राउ गरेको छ ।

12/3/2020

समस्यामा परेका महिलाहरुको संरक्षणकालागि आपतकालीन सहायताकोष बनाउन आवश्यक छः महानगरप्रमुख सरावगी

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले हिंसा परेका महिलाहरुको संरक्षणकालागि कोष बनाउन आवश्यक रहेको बताउनु भएको छ ।

12/2/2020

बीरगंजमा सीसी क्यामरा संजाल बिस्तार हुने ,सीसी क्यामरा जडानकालागि सासदहरुले आर्थिक स्रोत उपलब्ध गराउने 

पर्सा  क्षेत्र नं १ का संघीय सासद प्रदीप यादवले बीरगंजमा सीसी टिभी क्यामरा जडानकालागि १० लाख रुयैया उपलब्ध गराउने घोषणा गर्नु भएको छ ।

11/30/2020

१० करोडको लागतमा अस्पताल बन्ने, नागरिकको स्वास्थ्य सेवामा पहुच बढने अध्यक्ष चौधरीको बिश्वास

सरकारले सोमबार एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास  गरेको छ । 

11/30/2020

उपभोग्य म्याद सकिएको ३ टन चामल बरामद, पसल संचालक केशरीलाई साढे दूईलाख जरिवाना

हेटौंडा सिमा चौकमा रहेको विवेक किराना पसलबाट ३ टन म्याद उपभोग्य म्याद १ वर्ष नाघी सकेको  चामल बरामद भएको छ ।

11/24/2020

बलात्कार गरि बालिकाको हत्या गरिएको आफन्तको दावी, हत्या आरोपीको घरमा स्थानीयले आगो लगाए

बर्दीवासमा  ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रर्दशनमा प्रहरीले गोली चलाएको छ ।

11/24/2020

समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.