वीरगंज, २१ माघ / पत्रकार एवं साहित्यकार गोपालचन्द्र गौतम (गोतामे)को स्मृतिमा स्थापित स्व. गोतामे पत्रकारिता पुरस्कार २०७३ पाल्पाका पत्रकार मेघराज शर्मालाई प्रदान गर्ने निर्णय भएको छ । प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा आज बसेको बैठकले यस वर्षको स्व. गोपालचन्द्र गौतम पत्रकारिता पुरस्कार छैठौं संस्करण पत्रकार शर्मालाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका कोषाध्यक्ष शत्रुघ्न नेपालले बताए ।
वीरगंज,१७ माघ वीरगंज उपमहानगरपालिका वडा नं. २६ प्रसौनी बिर्तामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा स्थानिय युवाहरुले खाजा खर्च बाट रंगरोगन गराएका छन् । बिद्यालयमा निर्मित दुई कोठे नयाँ भवन, पर्खाल र मुख्य ढोकालाई स्थानिय युवाहरुले रंगरोग गराएका हुन ।
प्रस, ठोरी, १२ माघ/ चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको जङ्गली हात्तीले ठोरीमा आतङ्क मचाउन थालेको छ । साँझ पर्नेबित्तिकै गाउँ पस्ने हात्तीले घर भत्काउनुका साथै घरमा भण्डारण गरी राखेको अन्नपात खाएर सताउन थालेपछि जनजीवन आतङ्कित बनेको हो ।
वीरगञ्ज, ११ माघ । पर्साको लालपर्सामा मंगलबार बालविवाह तथा दाईजो प्रथा विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालय पर्सा र जिल्ला बाल कल्याण समिति पर्साको सहयोगमा जिल्ला बाल क्लब सञ्जाल पर्साले सचेनामुलक कार्यक्रम गरेको हो ।
अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरुको भेलाले आज जिल्ला स्तरीय मानव अधिकार निगारानी समुह पर्सा गठन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्साको संयोजनमा भएको भेलाले सहयोगी नेपालका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा संजाल गठन गरेको हो । उपाध्यक्षमा महिला अधिकार मंचका राजकुमारी यादव,सचिवमा बिकास नेपालका समसुल हवारी र कोषध्यक्षमा महिला जागरण समाज पर्साका निलम पन्त रहेकी छिन ।
वीरगञ्ज, ८ माघ/वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष एवं वीरगञ्ज उपमहानगरपालिकाका सद्भावना दूत तथा शालिमार समुहका निर्देशक उद्योगपति अशोक कुमार बैध भारतीय राजदूतावासको सहभागितामा नीति अनुसंधान प्रतिष्ठान नेपाल द्वारा अयोजीत सम्मान कार्यक्रममा सम्मानीत हुन भएको छ ।
बारा, ९ माघ ः बाराको गढिमाई नगरपालिका १६ डकाहामा रहेको प्रशंसा गाईपालन कृषि फारमले बार्षिक ११ लाख रुपैयाँको दुध बिक्री गरेको छ । स्थापना गरेको तीन बर्ष पछि प्रशंसा गाईपालन कृषि फारमले १५ वटा गाई र ५ वटा भैसिबाट एक वर्षमा २४ हजार लिटर दुध बिक्री गरेर ११ लाख रुपैयाँ आर्जन गरेको फारमकी राममाया तामाङले बताइन ।
हेटौडा ६ माघ । डिभिजन सडक कार्यलय मकवनपुरले बिहिवार पनि सडक फराकिलो अभियान जारी राखेपछि हेटौँडाको राप्तिरोडमा सामान्य झडप भएको छ ।आन्दोलनकारी ब्यवसायी र प्रहरीबीच केही समय सामान्य झडप भएको हो । डिभिजन कार्यालयले आज बिहानबाट पुन सडक अतिक्रमण हटाउने अभियानलाई जारी राखेको छ ।
बीरगंज ६ माघ /जर्वजस्ती करणीको आरोपमा पर्साको सुवर्णपुर गाविस वडा नं १ का ५० वर्षिय बृद्ध धनबहादुर मगरलाई प्रहरीले बिहिवार गते गिरफ्तार गरेको छ ।