आपूर्ती ब्यवस्थालाई मिलाउनकालागि आज बीरगंज महानगरपालिकाले सहकजीकरण बैठक सम्पन्न गरेको छ
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस नियन्त्रणको प्रयासमा कुनै कमी नराख्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभएको छ
नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ
देशमा भएको लकडाउन उल्लंघन गरेर काठमाण्डौबाट मालवाहक लरीको खाली कन्टेनर भित्र बसेर वीरगन्ज आएका ५२ जना यात्रुलाइ प्रहरीले नियन्त्रणमा लिएको छ
कतारबाट नेपाल फर्किएका ३ जना युवा पर्साबाट सम्पर्कमा आएका छन । उनीहरु कतार एयरवेजको उडान नं ६५० बाट चेत ४ चैत नेपाल आएका हुन
कोरोना भाइरसको संक्रमण फैलीन नदिन सरकारले लक डाउनको निर्णय गरेपनि भारतसंग सीमा जोडिएका नाकाहरुमा स्वदेश आउने नेपालीहरु रोकिएकोमा सरकारले आज अन्तिम पटककालागि नेपाल प्रवेशको अनुमती दिने निर्णय गरेको छ
चितवनको भरतपुरमा रहेको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका युवकको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज भएको खुलेको छ
बीरगंजका ३० वर्षिय युवाको उपचारको क्रममा मृत्यु भएको छ
सरकारले भोली देखी लक डाउन गर्ने निर्णय गरेको छ
प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतले प्रदेशवासीलाई घर बाट बाहिर ननिस्कन अपिल गर्नु भएको छ
कोरोना भाइरसको संक्रमणलाई रोक्नकालागि स्थानीय सरकारले पनि आफनो स्तरमा पहलकदमी लिन थालेको छ
बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले महानगरवासीलाई आफनै घरमा बस्न अपिल गर्नु भएको छ
नेपाल प्रवेशको मुख्यद्वार बीरगंज रक्सौल नाकामा स्थानीय प्रशासनले आवागमन रोकेको छ
(कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल बन्द भएका छन्
पर्साका क्षेत्र नं १ का सांसद प्रदीप यादवले आफनो फेसबुक स्टाटसमा आज दिउसो बीरगंजका खाद्य ब्यापारी शिव रुङगटामा कोमिड १९ को संक्रमण देखिएको र उहाँको पटनामा उपचार भइरहेको लेख्नु भयो
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको सीमावर्ती सहरमा त्रास फैलिएको छ । नेपालसँग सीमा जोडिएको भारतीय राज्य विहारमा पनि कोरोनाको संक्रमित व्यक्तिको मृत्युपछि नेपालको सीमाक्षेत्रका जनता पनि त्रसित भएका हुन् । भारततर्फ पनि २२ मार्च अर्थात चैत ९ गते नै एकदिन ‘जनता कफर््यु’ घोषणापछि सीमावर्ती सहर रक्सोल पनि सुनसान भएको छ ।
कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले आजदेखि अत्यावश्यबाहेकका सबै सेवाहरू बन्द गरेको छ
बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले कोभीड १९ को संत्रास नेपालीकोलागि अवसरको रुपमा समेत आएको बताउनु भएको छ
नेपालको वीरगन्ज नाकाहुदै भारतबाट आउने व्यक्तिहरुको सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा थर्मल स्क्यानिङ गरेर तापक्रम मापन गरेपनि त्यस्ता व्यत्तिहरुमा कोरोना भाईरसको संक्रमण छ कि छैन भन्ने जानकारी नहुने र बिरामी भए अस्पतालमा भर्ना हुने हुँदा सीमावर्ती वीरगन्जका अस्पतालहरुमा यसको संक्रमण फैलन सक्ने संभावना बढी रहेकोले पनि जोखिम हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।