पर्सामा अस्पतालमा कार्यरत कर्मचारी, सरकारी वकिलको कार्यालयमा कार्यरत कर्मचारी, बैंकर र होटलमा कार्यरत कर्मचारी सहित २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको मुर्ली बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
कोरोना भाइरसको संक्रमणको सन्त्रासमा उपचार नगर्ने अस्पतालहरुको शैलीका कारण ज्यान गुमाउने पर्ने अवस्था आएकोमा त्यो अवस्था अन्त्यकोलागि कोभिड एक्सन टिम गठन भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराको आदेशमा बाराको सिमरामा रहेको जगदम्बा स्टीलमा सशलबन्दी गरिएको छ । उद्योगमा काम गर्ने ११जना मजदुरमा कोरोना भाइरस संक्रमण देखिएपछि उद्योग सशल गरीएको हो ।
१५ किलो नक्कली सुन प्रकरणका मुख्य ब्यक्ति बाराको प्रष्टोका हरपुरका स्थायी बासिन्दा इल्ताफ हुसेन अन्सारीलाई बिहिवार प्रहरीले बारको निजगढबाट पक्राउ गरेको छ ।
बाराको बिश्रामपुर गाउँपालिका ५ इटियाीहका ३८ वर्षिया युवामा मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मोरङका थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।
वीरगञ्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायले ज्यानलाई जोखिममा राखेर कोरोना संक्रमणको रोकथाम नियन्त्रण र बिरामीको उपचारमा लागेका स्वास्थ्यकर्मीहरुको योगदानको मूल्याकंन नभएकोमा चिन्ता ब्यक्त गर्नु भएको छ ।
बाराको सिमरामा रहेको जगदम्बा स्टीलका ११ जना कर्मचारी तथा मजदुरहरूमा कोरोना संक्रमण पुष्टी भएको छ ।
उपचारकोलागि अस्पतालको चक्कर लाउदा लाउदै मृत्युवरण गरेका ९ वर्षिय वालकको कोरोना संक्रमणको परिणक्षण भने नेगेटिभ आएको छ ।
प्रादेशीक कोभिड अस्पताल जनकपुरको आइसीयुमा १८ दिन देखी उपचार गराउदै आउनु भएका ६० वर्षिय पुरुषको गएराती निधन भएको छ ।
बीरगंजको नागरिक समाजले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणकालागि सरकारले जारी गरेको निर्देशन पालना गर्न आम नागरिकमा अपिल गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट समस्यामा परेका नागरिकको उपचारमा अहोरात्र खटिरहेका चिकित्सक स्वास्थ्यकर्मी निराश भएका छन ।
बीरगंज महानगरपालिका वडा नं १५ भेडियाही निवासी ४५ वर्षिय महिलामा मृत्यु पश्चात कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सर्लाहीमा स्थानीय प्रशासनले भोली सोमवार देखी ७ दिने निषेधाज्ञा जारी गरेको छ । काम नभई घर बाहिर निस्कन नपाउने गरि सर्लाहीमा निषेधाज्ञा जारी गरिएको हो ।
अस्पतालहरुले उपचार गर्न नमानेका कारण मृत्यु भएको घटनाको बिरोधमा बीरगंजको छपकैयाका स्थानीयले आज बीरगंजको नारायणी अस्पताल अगाडि एक घण्टा प्रर्दशन गरेका छन ।
जिल्ला संकट ब्यवस्थापन केन्द्र पर्साले बीरगंजमा रहेको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको ३ सय शैय्यामा कोभिड उपचार ब्यवस्थापन केन्द्र बनाएर अस्पतालको रुपमा संचालन गर्नकालागि केन्द्रीय संकट ब्यवस्थापन केन्द्र तथा संघीय स्वास्थ्य तथा जनसंख्या मंत्रालयमा अनुमती माँग गरेको छ ।
एक हप्ता देखी ज्वोरो र रुधाखोकीका कारण होम क्वारेन्टिनमा बसेका बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्रमा साहमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बीरगंजमा उपचार नपाएर २० वर्षिया महिलाको ज्यान गएको छ । बीरगंज महानगरपालिका वडा नं २ छपकैया निवासी २० वर्षिय बिष्णु लामालाई उपचारकालागि कुनै पनि अस्पतालले भर्ना लिन नमान्दा ज्यान गएको हो ।
वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष गण्डक अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।