पोखरा, १२ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का मानबहादुर जिसी ६० हजार ११८ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गर्नुभयो ।
वीरगंज ८ जेठ । पर्सा क्षेत्र नं।२का सांसद बिचारी प्रसाद यादवले आज बेलवा गाँउपलिका वडा नं। २ ईनर्वा टोलमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा पर्खाल निर्माण र कार्यालय कोठाको शिलान्यास गरेका छन ।
बीरगंज ७ जेठ ।नयाँ शक्ति पार्टीको पर्सा जिल्ला कमिटीले ७ सदस्यीय कार्यदल निर्माण गरेको छ ।
सिमरा, ७ जेठ नेकपा (एमाले) को स्थानीय निर्वाचन अभियान अन्तरगत आइतवार जीतपुरसिमरा उपमहानगर वडा नं. १५ को डुमरवाना चौधरीटोल र शुकलैयामा जनभेला सम्पन्न भएको छ ।
वीरगंज,जेठ ७ वीरगंज उपमहानगरपालिका वडा नं. २३ प्रसौनी बिर्तामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा थप कक्षाकोठा भवन निर्माणको शिलान्यास गरिएको छ ।
स्थानीय निकायको पहिलो तहको निर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार बिहान साढे १० बजे सम्म ४२ प्रतिशत मतदान भएको छ ।
निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान कार्य सुरु भएको जनाएको छ ।
चितवन, ३१ वैशाख । माओवादी केन्द्रका राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई गएराति अज्ञात समूहले अपहरण गरेको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको दाबी गरेको छ ।
काठमाडौँ, ३१ वैशाख । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि ऐतिहासिक एवम् पहिलो स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान अहिले ७ बजेदेखि सुरु भएको छ ।
चितवन, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गर्नुभएको छ ।
हेटाँडा, ३१ वैशाख । राष्ट्यि प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बाल ज्योति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
हेटौडा, ३० वैशाख । मनहरि गाउँपालिका—१ हाँडीखोलामा नेकपा ९माओवादी केन्द्र०बाट वडाध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई नेकपाले आज बिहानै नियन्त्रणमा लिएको छ ।
काठमाडौँ, ३० वैशाख । आइतबार हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको छ ।
काठमाडौँ, ३० वैशाख । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणअन्तर्गत आइतबार हुने ऐतिहासिक निर्वाचनमा सहभागी भई मतदान गर्न समाजका सबै वर्ग, तह र समुदायका मतदातालाई आह्वान गरेको छ ।
काठमाडौँ, ३० वैशाख । स्थानीय तह निर्वाचनको मतदानको दिन भोलि बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म निर्वाचन आयोगबाट सवारी सञ्चालनको अनुमति लिएका सवारीसम्म मात्र सञ्चालन हुनेछन् ।
काठमाडौँ, २९ वैशाख । स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको मौनअवधिसम्ममा ६२ सञ्चारमाध्यमका एक सय १५ सामग्रीमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएको छ ।
काठमाडौँ, २९ वैशाख । राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन प्रयोजनका लागि आगामी जेठको पहिलो साताभित्रै निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ ।
हेटौँडा, २९ वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरका आठ गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकामा गरी दुई सय ९५ मतदान केन्द्र र वरिपरि एकीकृत रुपमा कडा सुरक्षाको टोली तैनाथ गरिएको छ ।
काठमाडौँ, २९ वैशाख । निर्वाचनको दिन वैशाख ३१ गते उपत्यकामा सवारीसाधन नचले पनि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित हुने भएको छ ।
काठमाडौँ, २९ वैशाख । थाइल्यान्ड र श्रीलङ्काको पाँचदिने औपचारिक भ्रमणका लागि आज थाइल्यान्ड पुग्नुभएका राष्ट्रपति विद्यादेवी भण्डारीका सम्मानमा नेपालका लागि त्यहाँका राजदूत खगनाथ अधिकारी र श्रीमती अधिकारीले आज बैंककस्थित नेपाली दूतावासमा स्वागत समारोह आयोजना गर्नुभएको छ ।