स्थानीय विकास साझेदारी कार्यक्रम अन्तर्गत विकास निर्माणका कामहरु नभएकोले संसदीय कोषको रकम वीरगन्ज माहानगरलाई ४७ लाख १५ हजार ५८८ र पर्सागढी नगरपालिकालाई ४४ लाख ४७ हजार ५ सय ९३.८५ रकम कोरोना रोकथाम र नियन्त्रणका लागि गरिने व्यावस्थापनमा खर्च गर्ने भएको हो ।
राज्य व्यावस्था तथा शुसासन समितिले पारित गरेको नागरिकता विधेयकको बिरोधमा सोमबार वीरगंजमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले धर्ना दिएको छ । कम्युनिष्ट सरकारले विभेदकारी नागरिकता विधेयक ल्याएको भन्दै त्यसलाई फिर्ता गर्नु पर्ने माग गरेका गर्दै धर्ना दिएका हुन् ।
कृषक समूहलाई महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले पम्पसेट लगायतका कृषि सामग्री वितरण गर्नुभएको थियो । साना सिँचाई अन्तर्गत कृषक समूहलाई वितरण गरिने पम्पसेट तथा कृषि सामग्रीहरु फागनु महिनामा एक महिनाको म्याद राखेर सूचना प्रकाशन गरिएकोमा बीचमा लकडाउनका कारण निवेदन अपुग भएपछि पुनः एक हप्ताको म्याद थप गरेर सूचना प्रकाशित गरेपछि सोही अनुसार आएका निवेदनको आधारमा कृषक समूहलाई वितरण गरेको हो ।
“धान उत्पादनमा वृद्धि ,आत्मनिर्भरता र समृद्धि” यस वर्ष अर्थात १७ औ धान दिवसको नारा राहेको छ । ‘मानो रोपेर मुरी फलाउने दिन’ अर्थात् आज असार १५ ।
सम्बिधान सभाका सदस्य एवं नेपाली कांग्रेसका नेता अनिल रुङ्गटाले पर्यावरणको संरक्षणमा गम्भिर भएर लाग्नु पर्ने बेला आएको बताउनु भएको छ ।
सञ्चारक्षेत्रलाई स्थानीय भाषा संस्कृतीको प्रवद्र्धनका लागि, सामामजिक कुप्रथा अन्त्यका लागि, महिला तथा बालबालिकाको सशक्तिकरण र जातीय छुवाछुत सामाजिक अपराध हो भन्ने स्थापित गर्न आवश्यक लोककल्याणकारी विज्ञापन उपलब्ध गराईने भएको हो ।
पर्साको छिपहरमाई गाउँपालिका वुडगाँई सशस्त्र प्रहरी बलले तीन लाख ५५ हजार सहित दुईजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक विनोद चन्दको नेतृत्वमा रहेको सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा श्रोत खुल्न नसकेको ३ लाख ५५ हजार रुपैंया सहित पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ चरगाह बस्ने ३३ बर्षका जन्मजय यादवलाई पक्राउ गरेको हो ।
वीरगन्ज महानगरपालिकाको नगरसभा विभिन्न विषयमा छलफलपछि निर्णय गरि सम्पन्न भएको छ । असार १० गते महानगरपालिकाले प्रस्तुत गरेको आर्थिक बर्ष ०७७÷०७८ को बार्षिक नीति उपर क्षेत्रगतरुपमा छलफल भई संसोधन तथा परिमार्जन सहित स्वीकृत गरिएको छ ।
बारा प्रहरीले १२५ किलो प्रतिबन्धित लागू औषध गाँजा सहित तीनजनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागू औषध ओसार पसार भईरहेको सूचनाका आधारमा गंजभवानीपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले करैयामाई गाउँपालिका वडा नं.३ मा रहेको बुलेट इँट्टा उद्योगबाट १२५ किलो गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो ।
गाँजा ओसार पसारमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीले मकवानपुर जिल्लाका ६ जनालाई पर्साको ठोरी गाउँपालिकाबाट पक्राउ गरेको छ ।
मधुमेह र उच्च रक्तचापको समस्याका कारण उनलाई १६ दिनअघि जेठ २८ गते नेशनल मेडिकल कलेजमा उपचारका लागि पठाईएको थियो ।
कोरोना भाईरस महामारी रोकथाम नियन्त्रणका लागि गरिएको लकडाउनमा विपन्न र असहायहरुलाई खाना खुवाउदै आएको साहिब दरबार सेवा केन्द्र र समर्पण सेवा संस्थाले बिहीबार ८९औं दिन पनि निरन्तरता दिएको छ ।
२०६७ चैत ११ गते चन्द्रनिगाहपुरतर्पm गईरहेको ना २ ख ५७२१ नम्बरको बस रौतहटको भेडियाही वडा नम्बर २ मा रोकी राखेको अवस्थामा विष्फोटमा फरार रहेका थिए ।
एम बैंकिङका माध्यमले ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बारा जिल्लाको प्रसौनी गाउँपालिकाको वडा नं १ बस्ने २२ वर्षिय नादिर साहलाई पक्राउ गरेको हो ।
ब्रिलिएन्ट युवा क्लबको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ
वैदेशिक रोजगारको लागि हाल जापानमा रहनुभएका भरतपुर महानगरपालिका पालिका वडा नं ४ निवासी डम्मर थापा र माडी ७ निवासी नारायण सापकोटाको ससहयोगमा माडी नगरपालिका वडा नं ७ को परुइ खोला किनारमा बसोवास गरेका ४० जना चेपाङ बालबालिकाहरुलाई स्कुल झोला बितरण गरिएको छ ।
नेकपाका नेता एवं पूर्व उद्योग राज्यमन्त्री मेघराज सहनी निषाधको १३ औं दिनमा सोमबार श्रद्धाञ्जलीसभाको आयोजना गरिएको छ । पूर्वराज्यमन्त्री स्व.निषाधको पकहामैनपुरको धोरे स्थित निजी निवासमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा नेकपा नेताहरुले स्वर्गीय निषाधको राजनीतिक जीवनको चर्चा गरेका थिए ।
पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ मा रहेको बिद्यालयका वालवालिकालाई आज शैक्षीक समाग्री उपलब्ध गराइएको छ
तेस्रो मुलुकबाट विवाह गरेर आएकी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान नराख्न माग गर्दै बीरगंजमा प्रदर्शन गरिएको छ
ईम्प्रुभिङ् लाईफस ईन नेपालले युवालयको सहकार्यमा ४५ दिन भित्रका सुत्केरी आमाहरुको लागि राहत बितरण गरेको छ