logo

नेपालको झण्डा जलाएर नेपाल बिरुद्ध नारा लाउनेलाई कारवाहीको माँग गर्दै घण्टाघरमा तस्विर जलाइयो 

नेपालको प्रतिनिधि सभाले लिपुलेक, लिम्पुयाधारा र कालापानीसहितको निसान छाप सम्बिधान संशोधन मार्फत सर्वसम्मत रुपमा पारित गरेपछि भारतमा नेपालको झण्डा जलाइएको बिषयलाई लिएर बीरगंजमा आज प्रर्दशन भएको छ

6/20/2020

स्व.बिन्दुदेवी पाण्डे पत्रकारिता पुरस्कारबाट संचारकर्मी बिमला गुप्ता पुरस्कृत

विन्दु पाण्डे स्मृति महिला पत्रकारीता पुरस्कार ब्रेकेनलिंक्स डटकमका पर्सा प्रतिनिधि ,प्रतिक दैनिक र रेडियो वीरगञ्जमा कार्यरत पत्रकार विमला गुप्तालाई प्रदान गर्न लागिएको छ ।

6/19/2020

ठोरीको मकैबारीमा युवती मृत अवस्थामा फेला

पर्साको ठोरी गाउँपालिका–३ ,रामनगरमा एक युवती मकै बारीमा मृत अवस्थामा फेला परेकी छन् । माईती सिन्धुपाल्चोक रहेको २४ बर्षीय युवती गीता दर्जी मृत अवस्थामा फेला परेकी हुन् । घरबाट बिहीबार बिहान ४ बजे घरबाट हिडेकी उनकोे शव दिउँसो १ बजे गाउँलेहरुले मकै बारीमा फेला पारेर प्रहरीलाई खबर गरेको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिनुभयो।

6/18/2020

जरिवाना छुट गर्न ड्राइभिङ्ग स्कुल संघको माग 

सवारी साधनको कर तथा  जरिवाना छुट गराउन माग गर्दै ड्राइभिङ्ग स्कुल संघ नेपाल प्रदेश नं २ ले प्रदेश २ सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । संघका प्रदेश नम्बर २ अध्यक्ष अकलेश साहको नेतृत्वमा गएको संघको टोलीले सवारी र लाईसेन्स कर को जरिवाना पुनः रूपमा लकडाउन खुलेपछि ३०/३५ दिनभित्र कर बुझाउन जादा कुनै किसिमको जरिवाना नलगाउन समेत माग गरेको छ ।

6/15/2020

हत्या आरोपमा फरार मण्डल भिट्टामोडबाट पक्राउ

प्रदेश प्रहरी २ को टोलीले हत्या अभियोग लागेका एक जनालाई फक्राउ गरेको छ

6/14/2020

ग्रिनसिटी सामुदायिक केन्द्रले आर्थिक हिनामिना गरेको आशंका, पारदर्शिता देखाउन स्थानीयको माग 

सामुदायमा हुने सामान्य विवादर्लाइ स्थानीय स्तरमा नै समाधान गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मातहतमा स्थापना गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले संस्थाको नाममा आर्थिक हिनामिना गर्ने गरेको आरोप लागेको छ

6/13/2020

रक्तदान कार्यक्रममा २ महिला सहित १२५ जनाले रक्तदान गरे

वीरगन्जमा आज (शनिबार) आयोजना गरेको रक्तदानमा २ महिला सहित १२५ जनाले रक्तदान गरेका छन् । बिश्व रक्तदान दिवसको अवसर पारेर युवा वचन सस्थाले आयोजना गरेको चौथो पटकको खुल्ला रक्तदान आयोजना गरेको हो ।

6/13/2020

पर्सागढीको हरपुर क्वारेन्टिन, पालमुनी बस्न बाध्य छन नागरिक

पर्सागढी नगरपालिकाको वडा नं ८ मा रहेको क्वारेन्टिनमा क्षमता भन्दा बढी ब्यक्तिको ब्यवस्थापन गर्नु पर्दा समस्या भएको छ । २२ जना ब्यक्ति बस्न सक्ने क्वारेन्टिनको ब्यवस्थापन गरिएकोमा अहिले ४८ जनाले आश्रय लिदै आइरहेका छन । 

6/12/2020

पूर्व सांसद रुंगटाको पहलमा बर्थिङ सेण्टरलाई पीपीई सहयोग

वीरगंज महानगरका नारायणी  अस्पपताल, बगही प्राथमिक उपचार केन्द्र, पर्सागढी नगरपालिकाको बगेश्वरी, बगवाना बिर्थिङ सेन्टर, बहुदरमाइ नगरपालिकाको बिश्रामपुर प्राथमिक उपचार केन्द्र गरी ५ बर्थिङ सेन्टरमा करिब प्रति १० हजार गरि करिब ५० हजार मूल्य बराबरको पीपीई सेट र्पूव सांसद रुंगटाद्वारा बर्थिङ सेन्टरका प्रतिनिधीलाइ बितरण गरियो ।

6/12/2020

वीरगन्ज महानगरपालिकामा १३५० थान भिटीएम र १०० थान आरडीटी आयो 

महानगरपालिकाले आफैले पीसीआर मेशिन खरिद गरेर प्रयोगशाला स्थापना गर्न शुरु गरेपछि त्यसका लागि आवश्यक भीटीएम र आरडीटी किट सोमबार वीरगन्ज मानगरपालिकामा आईपुगेको हो ।

6/8/2020

पर्सामा थप ८ जनामा कोरोना संक्रमण भएको पुष्टि ,सर्तक रहन स्वास्थ्य बिज्ञको  आग्रह

पर्साको जगरनाथपुर गाउँपालिकाका ८ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो

6/8/2020

हिन्दु परिषद नेपालद्वारा एमसीसीको विरोध 

लकडाउनको समयमा पनि भौतिक दूरी कायम गर्दै राष्ट्र विरोधी सम्झौता लागू नगर्न प्रदर्शन गरेका हुन् । हिन्दु परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलको नेतृत्वमा भएको विरोध प्रदर्शनमा ‘नो एमसीसी, एमसीसी चाहिदैन, लागू गर्न पाईदैन, देशद्रोही नेताहरु मुर्दावाद, देश बेच्न पाईदैन भनेर  लेखिएका प्लेकार्ड सहित वीरगन्जको घण्टाघरमा बिहान ८ बजेदेखि नौ बजेसम्म विरोध प्रदर्शन गरेका हुन् ।

6/8/2020

प्रदेश प्रहरीको टोलीद्वारा रौतहटको बञ्जाराबाट ८० बोरा मटर नियन्त्रणमा 

प्रदेश नम्बर २ प्रहरीले रौतहटको बञ्जाराबाट ८० बोरा मटर नियन्त्रणमा लिएको छ । ना २ त ६११ नम्बरको ट्याक्टरमा नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बरुण सिंहको नेतृत्वमा आएको प्रहरी टोलीले रौतहटको बञ्जराबाट ५० केजीको ८० बोरा मटर आईतबार बरामद गरेको हो ।

6/7/2020

राहतका लागि खरिद गरेको एउटै वस्तुको फरक मूल्य, सरकारको सक्षमतामै गम्भीर सवाल 

राहत वितरणका लागि खरिद गरिएको खाद्यान्न सामग्रीमा प्रदेश नम्बर २ सरकार र वीरगन्ज महानगरपालिकाको दर रेटमा फरक पाईएको छ । राहत वितरणका लागि खरिद गरिएको खाद्यान्न सामग्रीको मूल्यमा वीरगन्ज महानगरपालिकाले खरिद गरेको दररेट भन्दा बढी मूल्यमा प्रदेश सरकारले खरिद गरेको पाईएको हो ।

6/7/2020

८ जना महिला सहित १ सय ३२ जनाले गरे रक्तदान

 वीरगंजको भिन्दा भिन्दै स्थानमा आयोजना गरिएको रक्तदान कार्यक्रममा आज ८ जना महिला सहित १ सय ३२ जनाले रक्तदान गर्नु भएको छ

6/6/2020

पिसीआर मेशिन खरिद अभियानमा एक महिनाको पारिश्रमीक, सहयोग उपलब्ध गराउन सबैमा डा.यादवको अपिल 

बीरगंज महानगरपालिकाले स्थापना गरेको कोरोनाभाइरस रोकथाम एवं नियन्त्रण कोषमा आज प्रदेश सभा सदस्य डा. अन्जुकुमारी यादवले आफनो एक महिनाको पारिश्रमीक उपलब्ध गराउनु भएको छ

6/6/2020

सीमा प्रहरी चौकी छपकैयाले एकलाख ७० हजार चोरी गर्नेलाइ विना कारवाही छोड्यो

सीमा प्रहरी चौकी छपकैयाले एकलाख ७० हजार नगद चोरीको घटनामा संलग्नलाई कारवाही नगरि उन्मुक्ति दिएको छ । बिहीबार छप्कैया वडा नम्बर १ सुकुम्बासी टोलीकी स्थानीय जोखनीदेवी हजराको पैसा चोरी गरेको स्थानीय युवा सन्दीप हजराले प्रहरीको अगाडि स्वीकार गरेपनि प्रहरीले उनलाई पैसा फिर्ता गर्ने शर्तमा छोडिदिएको छ ।

6/6/2020

सखुवा प्रसौनी गाउँपालिका कार्यालयमा तालाबन्दी

पर्साको सखुवा प्रसौनी गाउँपालिका कार्यालयमा बिहीबार स्थानीयले तालाबान्दी गरेका छन् । प्रदेश सरकारले पठाएको राहत नपुग भएपछि सर्वदलीय बैठकले निर्णय गरेपनि गाउँपालिका प्रमुख प्रदीप जयसवालले अध्यक्ष प्रदीप जयसवालले राहत वितरण गर्न चौकीदार लगाएर सूचना जारी गरेपछि एकहजार भन्दा बढी स्थानीय गाउँपालिका पुगेका थिए ।

6/4/2020

पर्सा प्रहरी बिरुद्ध पत्रकार महासंघद्वारा थप आन्दोलनको घोषणा

पर्सा प्रहरी बिरुद्ध नेपाल पत्रकार महासङ्घ, पर्साले आन्दोलनमा थप कार्यक्रम सार्वजनीक गरेको छ

6/1/2020

पर्सामा चट्याङ लागेर एकको मृत्यु

आज (शनिबार) बिहान हावाहुरी र पानीसँगै परेको चट्यां लागेर पर्सामा एकजनाको मृत्यु भएको छ । एकजना घाईत भएका छन् । मृत्यु हुनेमा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ बहुअर्वा टोलका ४२ बर्षीय रामबाबु महतो नुनिया रहेका छन् ।

5/30/2020

सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.