चैत २ पोखरिया नेपाल संघीय समाजवदी पार्टीको बृहत पार्टी प्रवेश र कार्यकर्ता भेला पर्सा जिल्लाको पोखरीया नगरपालिकाको लमरीया डमरापुरमा सम्पन भएको छ । कार्यक्रममा नेपाल संघीय समाजवदी पार्टी का केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले जातिय भोट बैक बनाउनु पर्साको जनता माथि अन्याय भएको बताउनु भयो । उहाँले भोटको लोभमा जातीय नारा लगाएर सामाजिक एकता तोडन चाहने नेता र पार्टीहरुका कारण जनताले दुः पाउने बताउनु भयो । नेता यादवले जातिय नाराले गर्दा पर्साका जनताले चाहेको आर्थिक राजनीतिक समाजिक र सांस्कृतिक बिकास संम्भव नभएकोले त्यस्ता नारा दिने र भेदभाव गर्ने नेतालाई बहिष्कार गर्नु पर्ने बताउनु भयो ।
परवानीपुर २९ फागुन । बारा क्षेत्र नं ४ का सभासद नेजमा आलमले परवानीपुर गाउपालिकाको हरपुर गाऊँ मा शहीद महमूद आलम स्मृति पार्क को शिलान्यास गरेकी छिन । पार्कको शिलान्यास गर्दै सभासद आलमले स्थानीय नागरिकको सहयोगमा पार्क निर्माण हुने बताइन । उनले जनताको सहयोगकै कारण आफूले पर्यटन तथा संस्कृती मन्त्रालय ७ लाख रुपैया विनियोजन गराउन सफलता पाएको बताइन ।
विरगंज २८ फाल्गुन स् संघिय समाजवादी फोरम नेपालको पर्सा क्षेत्र नं। २ को क्षेत्रीय अधिवेशन आज गा।वि।स चोर्नीमा सम्पन्न भएको छ । क्षेत्र नं। २ को गाविस चोर्नीमा सम्पन्न अधिवेशनले वाशुदेव यादवको अध्यक्षतामा ५४ सदस्यीय क्षेत्रीय कमिटी गठन गरेको छ ।
फागुन ११ पर्सा । बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको तिथि घोषणाको बिरुद्ध आन्दोलनको आव्हान गरेको मधेशी मोर्चाको बन्दका कारण बीरगंजको जनजीवन प्रभावित बन्यो । बन्दलाई सफल पार्न मोर्चा सम्वद्ध नेता तथा कार्यकर्ताहरु बिहानै सडकमा उत्रिएका थिए ।
बीरगंज ११ फागुन । पर्साको सखुवा प्रसौनीमा नेपाल सघिय समाजबादी पार्टीको वृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश सभा सम्पन्न भएको छ । मधेश बन्दको आयोजना गरिएको भए पनि कार्यक्रममा सहभागि हुन सोनवर्षा, पटेर्वा सुगौली, गादी, ,कौवाबन कटैया, देवरबना, निचुटा, महुवन, लखनपुर लगायतका गाविसबाट ट्रेक्टर लगायतका सवारी साधनबाट सयौंको संख्यामा स्थानिय वासिन्दाहरु सभामा सहभागी भएका थिए । भे
वीरगंज, १० फागुन । मन्त्रीपरिषद्को गत सोमबार साँझ बसेको बैठकले आउँदो बैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन गर्ने तिथि घोषणा गरेको विरोधमा मधेशी मोर्चाले मंगलवार बीरगंजमा मसाल जुलुस प्रदर्शन गरेको छ । मोर्चाले भोली बुधवार मधेश मधेश बन्दको आव्हान गरेको छ ।
नेकपा एमाले पर्साको आठौ जिल्ला अधिवेशन चैत २५ र २६ गते हुने भएको छ । विहिवार एमाले पार्टी कार्यालय मनमोहन नगर रामगढवामा बसेको जिल्ला कमिटी बैठकले अधिवेशन भव्यताका साथ सफल पार्ने निर्णय गरेको एमाले पर्साका संयोजक चीरन्जीवी आचार्यले बताए ।
वीरगंज, २९ माघ ।संघिय समाजवादी फोरम नेपाल पर्साको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रुपमा पूनःप्रदीप यादव चयन भएका छन ।
वीरगन्ज २७ माघ । नेपाली काग्रेस पर्सा जिल्ला सभापतिको चुनवा दोश्रो चरणमा प्रवेश गरेको छ । नेपाली कांग्रेसको बैधानिक ब्यवस्था अनुसार सभापति पदमा बिजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नु पर्ने छ । पर्सा जिल्ला सभापतिकालागि बिहिवार सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत हासिल नगरे पछि दोश्रो चरणको निर्वाचन हुने भएको हो ।
बिहीबार हुने भनिएको नेपाली कांग्रेस पर्साको १३ औँ अधिवेशनका लागि मंगलबार सभापति पदका लागि ५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
वीरगन्ज २५ माघ / नेपाली काग्रेस पर्साको जिल्ला अधिवेशनमा ५ जनाले सभापतिमा उम्मेदवारी दिएका छन । सभापतिमा जनार्दन सिंह क्षेत्री अजय द्विवेदी ,बशिष्ट नारायण कुर्मी ,अशोक जयसवाल र सुश्री शान्ति कार्कीले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन ।
पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले आज एक कार्यक्रमका बिच गइयाघाट पुलको शिलान्यास गरेका छन । वीरगंज उपमहानगरपालिका वडा नं. २६ प्रसौनी बिर्ता स्थित श्रीसिया खोलामा डिभिजन सडक कार्यालय हेटौंडाको आर्थिक सहयोगबाट बन्न लागेको पुलकोे शिलान्यास गरेका हुन ।
फास्ट ट्रयाक तथा अन्तर्राष्ट्रिय विमान स्थल निर्माणका लागि सरकारलाई दवाव दिने उद्देश्यका साथ आज वाराको कोल्भीमा सर्वदलिय सहभागितामा वृहत जनदवाव सभा सम्पन्न भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले सरकारवादी दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रनै चुनाव नगराउने खेलमा लागेको बताएका छन् । सरकारले निर्वाचन आयोगलाई निर्वाचनको लागि तयारी गर्नु भन्दै पत्रचार गर्ने निर्णय गर्नु औचित्यहिन रहेको भन्दै थापाले मिति तथा कुन निकायको निर्वाचन गर्ने भन्ने विषयनै नसमेटिएको पत्रचारले केहि अर्थ नराख्ने स्पष्ठ पारे ।
माघ २१ बीरगंज प्रोत्साहन भत्ता नपाएका गाविस सचिवहरुले कामकज ठप्प पारेका छन । देशभरिका गाविस सचिवहरु काम छोडेर आन्दोलनमा उत्रिएपछि त्यसको प्रभाव मध्यतराईका जिल्लाहरुमा पनि परेको छ । सचिवहरुले काम बन्द गरेपछि सेवाग्राहीहरु मर्कामा परेका छन । धेरैजसो गाविस सचिव सदरमुकाममा बस्ने भएकाले गाउँगाउँबाट काम लिएर सदरमुकाम पुग्ने सेवाग्राहीहरु दोहोरो मारमा परेका छन ।
माघ २१ बीरगंज सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश नियुक्तिविरुद्ध प्रदेश नं २ मा बारले इजलाश बहिष्कार गरेको छ । सरकारी वकीलले आन्दोलन शुरु गरे पछि फिर्ता लिएको बारले फेरी आन्दोलन घोषणा गरेको हो । पर्सा देखि सप्तरी सम्मका ८ जिल्ला तथा २ नम्बर प्रदेशको उच्च अदालत वार एशोशिएशन आन्दोलनमा उत्रिएको कारण अदालतमा नियमित हुने गरेको बहस पैरवी प्रभावित हुँदा सर्वसाधारण मर्कामा परेका हुन ।
काठमाण्डौ १९ माघ अखण्ड नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुमार खड्का मन्त्री नियुक्त भएको एक महिना पनि वित्न नपाउँदै सो पार्टीकी उपाध्यक्ष पुष्पा भण्डारीले पार्टी परित्याग गरेकी छिन् । पार्टी परित्याग गरेकी भण्डारीले बुधबार नै नेकपा (एमाले) मा प्रवेश गरेकी छिन् । पार्टी केन्द्रीय कार्यालय धु्रम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टी प्रवेश गराएका हुन् ।
हेटौडा १८ माघ नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञावलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रको कारण देश र संविधान संकटमा परेको बताएका छन् । प्रेस चौतारी मकवानपुरले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव ज्ञावलीले प्रचण्डले बाहीर निर्वाचन गर्छ भन्ने तर मधेशी दलहरुसँग अर्कै कुरा गर्ने गरेको बताए । मधेशमा रहेको आम समुदायहरु चुनावको पक्षमा रहेको बताउँदै ज्ञावलली सरकारलाई चुनावको मिति तत्काल घोषणा गर्न समेत आग्रह गरेका छन् । संविधान कार्यन्वयनको लागि निर्वाचनको कुनै विकल्प नभएको भन्दै उनले निर्वाचनबाट देशले निकास पाउने बताए ।
बीरगंजमा समाजका बिभिन्न समुदायमा रहेका बुद्धिजीवीहरु एउटै थलोमा बसेर नेपालको बर्तमान राजनीतिक अवस्थामा सम्वाद गरेका छन ।
राजनैतिक दलहरुको सत्ताको लुछाचुडीका कारण शहिदहरुको अपमान भएको भन्दै वक्ताहरुले गुनासो गरेका छन् ।