काठमाडौं ९ चैत, । व्यवस्थापिका संसदको आजको बैठकले राजनीतिक दल सम्बन्धी बिधयेक बहुमतले पारित गरेको छ । तीन प्रतिशत थ्रेस होल्ड राख्ने व्यवस्थासहित राजनीतिक दलसम्वन्धी विधेयक बहुमतले पारित भएको हो ।
बीरगंज ९ चैत । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारीका लागि तयारी सुरु भएको छ । मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्षदेखि वडा अध्यक्ष र सदस्यका लागि उम्मेदवारी दिन चाहनेहरुले परामर्श थालेका छन् । उम्मेदवार हुनका लागि नेपाली नागरिकताको प्रमाणपत्र चाहिन्छ ।
बीरगंज, ९ चैत । सदभावना पार्टीको बीरगंज उप९महानगरपालिका वडा न।४ बिर्तामा वडा एकाइ कमिटी गठन गरिएको छ।सदभावना पार्टी पर्सा जिल्ला उपाध्यक्ष इश्वर यादवको प्रमुख आतिथ्य एवं बीरगंज नगर अध्यक्ष ओमप्रकाश सरार्फको सभापतित्वमा सम्पन्न स्थानीय अगुवाहरुको भेलाले २१ सदस्यीय वडा एकाइ कमिटी गरेको छ।राजु प्रसाद गुप्ताको अध्यक्षतामा गठित नव कमिटीको उपाध्यक्षमा बिजया लक्ष्मी गुप्ता,रिज्वी खालिद,सचीवमा अरबिन्द कानु,सह९सचीव सोनु तिवारी,कोषाध्यक्ष अजय वर्नवाल,सह९कोषाध्यक्ष संगीता गुप्ता,सदस्यहरुमा कमलेस साह कानु,सलिम मिया भोला राउत,सुनिता कुमारी ,असोक साह कानु,मन्जुर मिया,तुलसी राउत,ब्रम्हदेव राउत ,राजेस साह कानु,चन्दन साह कानु,रामबाबु गोसाइ,राजु गुप्ता लगायतका रहेका छन।
वीरगंज ९, चैत्र । राष्ट्रिय मधेश समाजवादी पार्टी पर्साले स्थानिय तहको पुनः संरचना गर्दा विभेद भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएर विरोध जनाएको छ । रा.म.स.पा.पर्साका अध्यक्ष प्रेम बाबु पटेलको नेतृत्वमा टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी केशज राज घिमिरे समक्ष ज्ञापन पत्र बुझाउँदै स्थानीय तहको पुनः संरचना गर्दा पर्साका गा.वि.स.हरुलाई गाउपालिका घोषणा गरिएको र वीरगंज उप–महानगरपालिकाको साविक ३० वटालाई घटाएर २७ वडा कायम गर्ने क्रममा नगरको सर्वाधिक ठूला वडा १३, १६, १७, १८ र १९ लाई न्यायोचित ढंगले विभाजन गरी समान रुपमा कायम गर्न माग गर्दै त्यसो नगरिए वडाहरुमा कुनैपनि किसिमको काम हुन नदिने समेत चेतावनी दिइएको छ ।
पोखरिया ९ चैत । अधिकार र पहिचान विरोधी नेताहरूको हानीकारक राजनीतिक तस्विर जनताले हेरीसकेको नेपाल संघीय समाजवादी पार्टीका उपाध्यक्ष राजकुमार यादवले बताएका छन । पर्साको पोखरिया नगर पालिकामा आज नेपाल संघीय समाजवदी पार्टीको वडा स्तरीय पार्टी भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले जनता बिरोधी र भ्रष्टनेताहरू आफ्नो ब्यक्तिगत स्वार्थको लागी जनतालाई भ्रममा पार्न प्रयासरत रहेको बताए । उनले नेताहरुको नक्कली बिचार जनताको बिचमा लाने प्रयासमा लागेको आरोप लगाएका छन । त्यसको मुल्याकंन जनताले गरी बहिष्कार गर्नु पर्नेमा उनले जोड दिएका छन । समानता र सम्मानका लागी दलित आन्दोलन अगाडी बढी रहेको बताउदै उनले दलित आन्दोलन प्रजातांत्रिक आन्दोलन जतिकै पुरानो रहेको जिकिर गरे । नेता यादवले ००७ सालको राजनितिक परिर्वतन भएता पनि गरिब, दलित, मुसलिम , असाय र उत्पिडनमा परेक जनताहरूको लागी खासै परिर्वतन नआएको दावी गरे । दलितहरूको आन्दोलन आठौ चरणमा अगाडी बढी रहेको बताउदै उनले प्रथम २०२९ सालमा राष्ट्रिय दलित परिषद गठन भएको , आरक्षण छुवाछुतलाई दण्डनिय बनाउने निति २०४७ सालको संविधानमा उलेख भएको बताउदै उनले २०६८ सालमा छुवाछुत कसुर सजाय तोकेको बताए । अव आठौ चरणमा समानताकालागि र सम्मानपूर्ण पहिचानकालागि लडाई हुने बताए । कार्यक्रमलाईसंबोधन गर्दै राजनितिलाई सपिङ सेन्टर र पार्क बनाउने निति जनता बिरोधी भएको नेता दिप नारायण रौनियारले बताए ।
सीमरा ९ चैत । नेकपा एमाले बाराले असिना पीडित किसानलाई राहात दिन सरकारसंग माग गरेको छ । पार्टीका प्रचार बिभाग प्रमुख मनोज पौडेलले आज एक बिज्ञप्ति जारी गर्दै यस्तो माग गर्नु भएको हो । यही चैत्र ७ गते आएको असिनाले बारा जिल्लाका बिभिन्न स्थानमा किसानले लगाएको बालीमा क्षति पुर्याएको छ । त्यसैगरी गत फागुन २७ गते असिना र हावाहुरीले बारा जिल्लाका बिभिन्न स्थानमा किसानले लगाएको खेतीमा क्षति बिज्ञिप्तमा उल्लेख छ । किसानले लगाएको खेतीमा असिना र हावा हुरीबाट भएको क्षती प्रति नेकपा एमाले जिल्ला कमिटी बारा दुःख ब्यक्त गर्दछ । साथै यस्तो अवस्थामा सरकारले राहत बितरणमा गरेको ढीलाई प्रति नेकपा एमाले जिल्ला कमिटी बाराको गम्भिर ध्यान आकृष्ट भएको छ । सरकारलाई तत्काल क्षतिको बिवरण संकलन गरी पिढित किसानलाइ राहत उपलब्ध गराउन नेकपा एमाले,बारा जोडदार माग गर्दछ ।
बीरगंज ५ चैत ÷ आज राप्रपाले पत्रकार सम्मेलनको आयोजना गरि आऊँदा निर्बाचन प्रयोजनको लागि चुनाव चिन्हको रुपमा गाइ रहेको कुरा सार्वजानीक गरेको छ । पार्टीका केन्द्रीय उपाध्याक्ष राजिव पराजुलीको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा गत मंसीर महिनाको भएको एकताको अधिबेशन पछि राप्रपा एक भएकाले संबैधानीक राजसंस्थार हिन्दु राष्ट्र आफ्नो पार्टीको बटम लाइन भएको कुरा नेता पराजुलीले बताउनुहुँदै निर्बाचन आयोगले आफ्नो बिधानबाट हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाएकोमा आपत्ति प्रकट गर्नुहुँदै नेपालको संबिधानले दिएको अधिकार आयोगलाई काट्न अधिकार नभएकोले यसको बिरुद्धमा देशब्यापि आन्दोलन गर्ने घोषणा समेत गर्नुभयो ।
चैत्र ५,पोखरिया नेकपा एमाले पोखरिया नगरपालिका वार्ड न ३ मूर्लीमा अाज भेला सम्पन भएको छ । भेलाले कबिर मियां कुजराको अध्यक्षतामा ३३ सदिस्य वडा किमटी चयन गरेको हो । भेलालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य एव पर्सा सहईन्चार्ज प्रहलाद गिरीले एमाले मधेशको दलित,अल्पसंख्यक ,मिहला,पिछडिएका समुदायको अधिकारमा दशकौ देखि लडदै आएको बताए । मधेशवादको नाममा अहिले पुनः केही शासक र जमिन्दार जो मधेशमा पिछडिएको वर्ग माथी अत्याचार गर्ने दाउमा लागेको उनले बताए ।
कलैया, ५ चैत्र ः नेपाल पत्रकार महासंघ बारा शाखाको स्थगित अधिवेशन छिटो सम्पन्न गर्न प्रेस चौतारी नेपाल बाराले आग्रह गरेको छ । प्रेस चौतारी बाराको शनिवार कलैयामा सम्पन्न बैठकले सदस्यता विवादको कारण देखाउदै लामो समयदेखी स्थगित भएको अधिवेशन सम्पन्न गर्न पत्रकार महासंघलाई आग्रह गरेको हो । नेपाल प्रेस युनियन बाराले नया सदस्यतामा विवाद देखाउदै महासंघको कार्यलयमा तालाबन्दी गरेपछि गत फाल्गुन १७ गतेका लागि तय भएको अधिवेशन स्थगित भएको थियो ।
जीतपुर ५ चैत्र जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १० को नेकपा एमालेको वडा अधिवेशन नितनपुरमा संपन्न भएको छ । कार्यक्रममा नेकपा एमाले बारका अध्यक्ष सुन्दर विश्वकर्माले एमाले अबको निर्वाचनमा पहिलो पार्टी हुने दाबी गरे । अध्यक्ष विश्वकर्माले सरकारमा रहेका दलहरुको भूमिका प्रतिपक्ष को जस्तो भएकोले देश दुर्घटना तीर उन्मुख भएको भन्दै चिन्ता ब्यक्त गरे ।
बीरगंज ३ चैत । नयाँ शक्ति पार्टीको २ प्रदेशका इन्चार्ज महेन्द्र पासवानले आज एक बिज्ञिप्त जारी गरि पार्टीको पर्सा संयोजक बलिराम साहनै रहेकोले कसैलाई भ्रममा नर्पन आग्रह गरेका छन । पर्सा जिल्लामा गत फागुन २५ गते पार्टीका अर्का नेता हरि मण्डलले बलिराम साह संयोजक नरहेको भन्दै गतिविधिहरु संचालन गर्न थालेपछि पासवानका तर्फबाट यस्तो बिज्ञप्ति आएको हो । पासवानले आफ्नो बिज्ञिप्तिमा मण्डलले पार्टीको नीति बिधान नेतृत्व र सिङ्गो पाँर्टीमै आँच आउने गरि काम गरिरहेकोले उनलाई आनुशासनको दायरामा ल्याएर कारवाहीको प्रक्रियामा राखिएको उललेख गरेका छन ।
चैत २ पोखरिया नेपाल संघीय समाजवदी पार्टीको बृहत पार्टी प्रवेश र कार्यकर्ता भेला पर्सा जिल्लाको पोखरीया नगरपालिकाको लमरीया डमरापुरमा सम्पन भएको छ । कार्यक्रममा नेपाल संघीय समाजवदी पार्टी का केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले जातिय भोट बैक बनाउनु पर्साको जनता माथि अन्याय भएको बताउनु भयो । उहाँले भोटको लोभमा जातीय नारा लगाएर सामाजिक एकता तोडन चाहने नेता र पार्टीहरुका कारण जनताले दुः पाउने बताउनु भयो । नेता यादवले जातिय नाराले गर्दा पर्साका जनताले चाहेको आर्थिक राजनीतिक समाजिक र सांस्कृतिक बिकास संम्भव नभएकोले त्यस्ता नारा दिने र भेदभाव गर्ने नेतालाई बहिष्कार गर्नु पर्ने बताउनु भयो ।
परवानीपुर २९ फागुन । बारा क्षेत्र नं ४ का सभासद नेजमा आलमले परवानीपुर गाउपालिकाको हरपुर गाऊँ मा शहीद महमूद आलम स्मृति पार्क को शिलान्यास गरेकी छिन । पार्कको शिलान्यास गर्दै सभासद आलमले स्थानीय नागरिकको सहयोगमा पार्क निर्माण हुने बताइन । उनले जनताको सहयोगकै कारण आफूले पर्यटन तथा संस्कृती मन्त्रालय ७ लाख रुपैया विनियोजन गराउन सफलता पाएको बताइन ।
विरगंज २८ फाल्गुन स् संघिय समाजवादी फोरम नेपालको पर्सा क्षेत्र नं। २ को क्षेत्रीय अधिवेशन आज गा।वि।स चोर्नीमा सम्पन्न भएको छ । क्षेत्र नं। २ को गाविस चोर्नीमा सम्पन्न अधिवेशनले वाशुदेव यादवको अध्यक्षतामा ५४ सदस्यीय क्षेत्रीय कमिटी गठन गरेको छ ।
फागुन ११ पर्सा । बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको तिथि घोषणाको बिरुद्ध आन्दोलनको आव्हान गरेको मधेशी मोर्चाको बन्दका कारण बीरगंजको जनजीवन प्रभावित बन्यो । बन्दलाई सफल पार्न मोर्चा सम्वद्ध नेता तथा कार्यकर्ताहरु बिहानै सडकमा उत्रिएका थिए ।
बीरगंज ११ फागुन । पर्साको सखुवा प्रसौनीमा नेपाल सघिय समाजबादी पार्टीको वृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश सभा सम्पन्न भएको छ । मधेश बन्दको आयोजना गरिएको भए पनि कार्यक्रममा सहभागि हुन सोनवर्षा, पटेर्वा सुगौली, गादी, ,कौवाबन कटैया, देवरबना, निचुटा, महुवन, लखनपुर लगायतका गाविसबाट ट्रेक्टर लगायतका सवारी साधनबाट सयौंको संख्यामा स्थानिय वासिन्दाहरु सभामा सहभागी भएका थिए । भे
वीरगंज, १० फागुन । मन्त्रीपरिषद्को गत सोमबार साँझ बसेको बैठकले आउँदो बैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन गर्ने तिथि घोषणा गरेको विरोधमा मधेशी मोर्चाले मंगलवार बीरगंजमा मसाल जुलुस प्रदर्शन गरेको छ । मोर्चाले भोली बुधवार मधेश मधेश बन्दको आव्हान गरेको छ ।
नेकपा एमाले पर्साको आठौ जिल्ला अधिवेशन चैत २५ र २६ गते हुने भएको छ । विहिवार एमाले पार्टी कार्यालय मनमोहन नगर रामगढवामा बसेको जिल्ला कमिटी बैठकले अधिवेशन भव्यताका साथ सफल पार्ने निर्णय गरेको एमाले पर्साका संयोजक चीरन्जीवी आचार्यले बताए ।
वीरगंज, २९ माघ ।संघिय समाजवादी फोरम नेपाल पर्साको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रुपमा पूनःप्रदीप यादव चयन भएका छन ।
वीरगन्ज २७ माघ । नेपाली काग्रेस पर्सा जिल्ला सभापतिको चुनवा दोश्रो चरणमा प्रवेश गरेको छ । नेपाली कांग्रेसको बैधानिक ब्यवस्था अनुसार सभापति पदमा बिजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नु पर्ने छ । पर्सा जिल्ला सभापतिकालागि बिहिवार सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत हासिल नगरे पछि दोश्रो चरणको निर्वाचन हुने भएको हो ।